Close sidebar

अल-अक्सा मस्जिदको अपवित्रतालाई लिएर इजरायल विरुद्ध साउदीको प्रतिक्रिया

२०८० जेष्ठ ६ गते, शनिबार १६:२१

न्युज डेस्क / अल-अक्सा मस्जिदको अपवित्रतालाई लिएर इजरायलविरुद्ध साउदी अरेबियाले प्रतिक्रिया दिएको छ । साउदी विदेश मन्त्रालयले अल-अक्सा मस्जिदको पवित्रता नष्ट गरेकोमा ज़ायोनी इजरायलको निन्दा गरेको हो ।

गत बिहीबार सयौं ज़ायोनी बासिन्दाहरूले इजरायली सेनाको आवरणमा अल-अक्सा मस्जिदको आँगनमा मार्च गरेका थिए ।जुलुसको सुरुमा तिनीहरूले अल-अक्सा मस्जिदको आँगनमा आक्रमण गरे ।

त्यस घटनामा साउदी विदेश मन्त्रालयले इजरायली मन्त्रिपरिषद्का सदस्यहरू सहित ज़ायोनी सरकारको निन्दा गर्दै एक विज्ञप्ति जारी गर्‍यो । विज्ञप्तिमा यो पनि भनिएको छ : रियादले प्यालेस्टिनी संकट समाधानका लागि सबै वैधानिक प्रयासहरूलाई समर्थन गर्दछ ।

इजरायलले बुधबार साँझदेखि कुड्स शहरलाई सैन्य शिविरमा परिणत गरेको छ । झण्डा मार्च सहभागीहरूको सुरक्षा सुनिश्चित गर्न कुड्स शहरका विभिन्न क्षेत्रमा कम्तिमा ३,००० सैनिकहरू तैनाथ गरिएको छ ।

टर्की, इजिप्ट, बहराइन, इरान, ओआईसी, पाकिस्तान र संयुक्त अरब इमिरेट्सले पनि पवित्र अल-अक्सा मस्जिदमा ज़ायोनी बसोबास गर्नेहरूले गरेको आक्रमणको निन्दा गर्दै छुट्टा-छुट्टै विज्ञप्ति जारी गरेका छन् ।

                                           – डा. जैनुल आबेदिन

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया