नेपालगन्ज / विद्युत लाईन जोड्ने क्रममा करेन्ट लागेर आज एक जनाको ज्यान गएको छ ।
अछामको मेल्लेख गाउँपालिका – ४ कुसकोट सेलगाउँका ३१ वर्षीय सर्जन साउँदको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाइएको हो ।
मंगलवार गाउँको एक विद्यालयका लागि लाईन तान्ने क्रममा पोलमा चढेका साउँदको करेन्ट लागेर ज्यान गएको प्रहरीको भनाई छ ।
