Close sidebar

वर्षा प्रभावित नेपाल र युएई बीचको बाँकी खेल मंगलबार हुने

२०८० बैशाख १८ गते, सोमबार १७:५१

काठमाडौं / निरन्तर बर्षाका कारण एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल आजका लागि स्थगित गरिएको छ । पहिलो इनिङको २७.३ ओभर खेलपछि दोस्रो पटक आएको वर्षा नरोकिएपछि खेल स्थगित गरिएको हो । अब मंगलबार बिहान ९ बजे रोकिएको अवस्थाबाट पुनः खेल सुरु हुने छ । बलिङमा ह्याट्रिक नजिक रहेका नेपालका स्पिनर ललित नारायण राजवंशी आउने छन, भने ब्याटिङमा यूएईको तर्फबाट अन्तिम जोडी कार्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा आउनेछन् । राजवंशी यदि मंगलबार पहिलो बलमै विकेट लिन सके ओडिआईमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी समेत बन्नेछन् ।

क्रिकेटको नियम अनुसार आजको खेल अवरुद्ध भएमा र सुपर ओभर पनि खेल्ने अवस्था नरहेमा मंगलबार रिजर्भ डे राखिएको थियोे । तर यदि मंगलबारको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ । सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ । नेपाल ओडिआई वरियाता १४ औं र युएई १९ औं स्थानमा छ । यसलाई आधार मान्दा नेपाल स्वतः प्रतियोगिताको च्याम्पियन बन्दै भने पाकिस्तानमा हुने एसिया कपमा छनोट हुनेछ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको छ, जबकि उसको अन्तिम विकेट बाँकी छ । बलिङमा नेपालका ललित नारायण राजवंशी ४. ३ ओभरमा ५ रन दिएर महत्त्वपूर्ण ३ विकेट लिए । सन्दीप लामिछाने र करण केसीले २-२ विकेट र सोमपाल कामी र गुलशन झाले १-१ विकेट आफ्नो नाम गरे । ब्याटिङमा युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छ्क्काको मद्दतले सर्वाधिक ४६ रनको इनिङ खेले । अयान लाक्रा १३, मोहम्मद वसीम ११ र बासिद हमीदले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया