
नेपालगन्ज / पश्चिम नेपालको बाजुरा केन्द्रविन्दु भएर बिहिवार मध्यराति एकपछि अर्काे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पहिलो भुकम्प राति ११:५८ बजे ढम्कने आसपास केन्द्रबिन्दु भएर ४.९ म्याग्निच्युटको भूकम्प गएको हो ।
दोस्रो भुकम्प राति १:३० बजे बिच्छ्या आसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ । यस्तै तेस्रो भुकम्प राति १:५१ बजे दहकोट आसपास क्षेत्र केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युटको गएको छ । भने फेरी चाैथाे र पाँचौकाे विवरण आउन अझै बाँकी छ ।
भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
