
नेपालगन्ज / नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईंलाई मातृशोक परेको छ । रेडियो बागेश्वरी एफएमका स्टेशन म्यानेजर समेत रहेका चौलागाईंकी ममतामयी आमा बिनशोवा चौलागाईंको ८१ वर्षको उमेरमा असमायिक निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार उनी मस्तिष्क घात भएर भेरी अस्पताल नेपालगन्जमा बिगत ६ दिनदेखि उपचाररत हुनुहुन्थ्यो । उपचारको क्रममा बिहिवार राति १०:५० बजेतिर उहाँको असमायिक निधन भएको छ । बर्दियाको राजापुरमा शुक्रबार हिन्दू धार्मिक विधिपुर्वक अन्त्येष्टी गरिने बताइएको छ । बर्दियाको राजापुर वडा नम्बर ८ ओस्ताजपुर निवासी मृतक चौलागाईंका ४ छोरी र २ छोरा छन ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ती मिलोस् भनि गहिरो समवेदना प्रकट गर्दै न्युज फ्ल्यास खबर डटकम परिवार ईश्वरसंग प्रार्थना गर्दछ ।
