Close sidebar

दिवसका अवसरमा अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई रोज ग्रुपको नि:शुल्क प्याड वितरण

२०८० बैशाख ८ गते, शुक्रबार २३:५९

कोहलपुर / संघर्ष रोज ग्रुप प्रा.लि.ले आफ्नो स्थापना दिवसका अवसरमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेका सुत्केरी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई नि:शुल्क रेड रोज नामक स्यानेटरी प्याड वितरण गरेको छ । दुई बर्षअघि संघर्ष रोज ग्रुप प्रा.लि स्थापना गरि महिलाहरुका लागि पिरियड समयमा स्वस्थ, भरपर्दो एवम् टिकाउ हुने गरी बाँके / बर्दिया लक्षित स्यानेटरी प्याड उत्पादन गर्दै आएको संघर्ष रोज ग्रुप प्रा.लि का अध्यक्ष तुलसी सुनारले जानकारी दिईन ।

बजारमा पाईने बिभिन्न खाले स्यानेटरी प्याडहरु स्वास्थ्यका लागि खराब हुने कमसल खाले हुने गरेको भन्दै स्थानीय उत्पादनमा आफुहरुले जोड दिएको भन्दै अध्यक्ष सुनारले आफुले उत्पादन गरेका स्यानेटरी प्याडहरु कटनको भएकाले पाठेघरको क्यान्सर हुनबाट जोगाउने समेत दाबी गरिन । रोज ग्रुप प्रा.लिले उत्पादन गरेका रोज प्याडहरुमा जेल प्रयोग भएकाले सुख्खा रहने, कपडामा नलाग्ने, उच्च शोसन शक्ति भएको, मिडियम साईज भएकाले जसले पनि प्रयोग गर्न मिल्ने बताउँदै अध्यक्ष सुनाले रोज स्यानेटरीले महिलाहरुको प्रजनन स्वास्थ्यका लागि समेत उपयोगी भएको बताइन् ।

हालसम्म २० लाख बढीको बिक्रि वितरण गरिसकिएको भन्दै रोज ग्रुप प्रा.लि.ले आफु मातहतमा करिब ४ सय पसलहरुमा आफुले उत्पादित सयानेटरी प्याडहरु सप्लाई गरिसकेको छ । भने दलित संघर्ष बचत तथा ऋण सहकारीका करिब २७ सय सदस्यहरु मार्फत बजारिकरण गर्ने सोच बनाएको छ । बिभिन्न विद्यालयहरुमा रेड रोज स्यानेटरी नै रोजाई रहेको भए पनि स्थानीय निकाय र स्थानीय सरकारले स्थानीय उत्पादनलाई त्यति चासो दिन सकेको छैन । बाँकेको जानकी गाउपालिका बाहेक अन्य ७ पालिकाले सस्तोमा टेण्डर आह्वान गर्दा आफ्नो रोज स्यानेटरीको टेण्डर नै नपरेको रोज ग्रुपले जनाएको छ ।

स्थानीय उत्पादनलाई प्रेत्साहन दिउ भन्ने नारा लगाएर नथाक्ने स्थानीय सरकारका प्रमुखहरु स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन नसकेको प्रति दुख ब्यक्त गर्दै रोज ग्रुज प्रा.लिका अध्यक्ष सुनारले महिलाहरुले महिलाहरुका लागि उत्पादित सामाग्रीहरु स्थानीय सरकारले बजारीकरण गर्न सहजिकरण गर्ने तथा खरिद गर्नुपर्ने भन्दै कमसल र कम मुल्यका स्यानेटरी प्याड बितरण गरेर महिलाहरुको स्वास्थ्यमा खेलबाड नगर्न समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराईन ।

दोस्रो स्थापना दिवसका अवसरमा रोज ग्रुप प्रा.लि.ले स्यानेटरी प्याड वितरण गर्ने कार्यक्रम कोहलपुर नगरपालिकाका सबै वडामा गएर सचेतना फैलाउँदै प्याड वितरण गर्ने कार्यक्रम समेत रहेको शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया