Close sidebar

इस्लाम धर्मावलम्बीहरु आज देशभर धुमघामका साथ ईद पर्व मनाइँदै

२०८० बैशाख ९ गते, शनिबार ११:१४

कहँकशा अन्जुम✍️

नेपालगन्ज / इस्लाम धर्मावलम्बीहरु आज देशभर धुमघामका साथ ईद-उल फित्र (ईद) पर्व मनाइँदै छन । अरेबिक क्यालेन्डर हिजरी सम्वत सौव्वाल महिनाको शुक्रबार साँझ चन्द्रमा देखेपछि इस्लाम धर्मावलम्बीहरुले शनिबार दिन बिहान नेपालगन्जको बिपी चौकस्थित ईदगाहमा भेला भई ईदको सामूहिक नमाज पढेर एकअर्कामा अंगालो मिली शुभकामना साटासाट गरी देशभर धुमघामका साथ ईद पर्व मनाइँदै छन ।

हिजरी सम्वतको रमजान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बीहरु सौव्वाल महिनाको पहिलो तारिखमा ईद पर्व मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमजान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ । तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेपश्चात् भोलिपल्ट ईद मनाउन आह्वान गरेर ईद पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ ।

ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लामिक परम्परा छ । ईदका दिन इस्लाम धर्मको मुख्य धार्मिक ग्रन्थ कुरआन (हाफिज) धर्मगुरुले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइँ, जर्दा, खिर र मिष्ठान्न परिकार खाने खुवाउने चलन छ । ईदमा इस्लाम धर्मावलम्बीहरुले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा छ । प्रत्येक बस्तीमा रहेको मदरसा व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको धार्मिक अगुवाहरू बताउँछन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया