
सरला सुवेदी ✍️
कोहलपुर / किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सन्चालन तथा बिस्तारका लागि अभिमुखिकरण कार्यक्रम बिहिवारदेखि कोहलपुरमा सुरु गरिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ६ बाट सुरु गरिएको अभिमुखिकरण कार्यक्रम शुक्रबार ९ नम्बर वडा कार्यलयको आधारभुत स्वास्थ चौकी परिसरमा कोहलपुर नगर स्वास्थ्य शाखाको आयोजनामा सरोकारवालाहरु र स्थानिय किशोरकिशोरीहरुसङ्ग अभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष उपेन्द्रनाथ योगीले कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि योगीले १० देखि १९ बर्ष समुहका ब्यक्तिहरुलाई किशोरकिशोरी भनिन्छ तसर्थ यस्तो अवस्था भनेको एक विशेष र संबेदनसिल अवस्था भएको कारणले यस्तो अबस्थामा शारीरिक, मानसिक, मनोबैज्ञानिक तथा ब्यबहारिक परिबर्तनहरु आउनु स्वभाविकै हो तर यस उमेरका किशोरकिशोरीहरुमा जोखिमपूर्ण क्रियाकलाप गर्न मन लाग्ने भएकोले यसलाई कसरी रोक्न सकिन्छ र उनीहरुलाई किशोर अवस्थामा आउने परिवर्तन बारे जानकारी गराउन नगर स्वास्थ शाखाले राखेको अभिमुखिकरण कार्यक्रम एकदमै सर्हनिय भएको बताउनुभयो ।
यस्तै कार्यक्रमका मुख्य प्रशिक्षक स्वास्थ कार्यलय बाँकेका फोकल पर्सन देवनारायण उपाध्यायले किशोरकिशोरी नबकिउन गलत बाटोमा नलागुन भनेर उनीहरुलाई सचेत गराउन किशोरकिशोरी मैत्री स्वास्थ सेवा सम्बन्धी अभिमुखिकरण गर्न महत्वपूर्ण आवश्यकता रहेको बताए ।
उनले किशोर किशोरीहरु कुलतमा फस्ने भएको हुँदा यहाँहरुले सो कार्यक्रममार्फत जानेबुझेका, सिकेका र आफुले भोगेका कुराहरु आफ्ना साथीभाईहरुलाई शेयर गर्न समेत आग्रह गरे ।
त्यस्तै कार्यक्रममा कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले यो अवस्था भनेको एक विशेष र संबेदनशिल अवस्था भएको बताउँदै यस्तो अवस्थामा सबै प्रकारका परिबर्तनहरु आउने भएको हुँदा शारीरिक परिबर्तन हुँदा किशोरहरुको स्वर मोटो र धोल्दो हुने, अनुहारमा दाह्री जुँगा आउने, अनुहारमा डण्डिफोर आउनु जस्ता परिबर्तन देखिन्छन भने किशोरीहरुमा स्तन बढ्नु, मन चनचल हुनु, एक्लै बस्न मन पराउनु जस्ता यस्तै थुप्रै परिबर्तन देखिने भएको हुँदा यो अवस्था भनेको किशोरकिशोरीहरु कुलतको बाटोमा फस्ने र जोखिमपूर्ण भएको हुँदा यसलाई न्यूनीकरण गर्नको लागि यो कार्यक्रम गरेको बताए ।
उनले कोहलपुर नगरपालिका भित्र भएका१५ वटा वडा मध्ये ५ वटा वडा जसमा दलित, मदेशी, मुस्लिम तथा बजारदेखि केही पर रहेको १, २, ६, १० र ९ वडामा किशोरकिशोरीहरुका लागि जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम गरिएको बताए । कार्यक्रममा वडाभित्रका शिक्षिका स्वयंसेविका जनप्रतिनिधि वडा नम्बर ९ आधारभुत स्वास्थ चौकी प्रमुख राधिका गैरे, पत्रकार लगायत २५ जना किशोरकिशोरीहरुको सहभागी रहेको थियो ।
