Close sidebar

प्रारम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निमार्ण र प्रयोग सम्बन्धी तालिम शुरु

२०८० बैशाख ४ गते, सोमबार १२:३५

गुलरिया / बर्दियाको गुलरिया नगरपालिका तथा ठाकुरबाबा नगरपालिकामा शिक्षक निर्देशिका, पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका बिषयबस्तुसंग मिल्ने र बालमैत्री पठन सामाग्री निर्माण गर्ने, छापामय कक्षा कोठा व्यवस्थापन गराउन, लैगिंकमैत्री तथा बालमैत्री शैक्षिक सामाग्री निमार्ण गर्न शिक्षकहरुका लागि प्रारम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निमार्ण र प्रयोग सम्बन्धी तालिम शुरु भएको छ ।

२ देखि ५ गतेसम्म संचालन हुने तालिममा परियोजना लागु भएका ठाकुरबाबा तथा गुलरिया नगरपालिकाका बिभिन्न वडाका बाल बिकास केन्द्रदेखि कक्षा ३ सम्मका कक्षा शिक्षकहरुलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको हो । परियोजना लागु भएका ठाकुरबाबाका सामुदायिक विद्यालयमा १५ जना र गुलरियाका २२ जना कक्षा शिक्षकहरुको सहभागीता रहेको छ ।

प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको साझेदारी तथा ठाकुरबाबा र गुलरिया नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा संचालन भएको हो । तालिम सहजिकरण राष्ट्रिय सेतो गुराँसका सहजकर्ता झल कार्की र राधा मल्लले सहजिरकण गरिरहनुभएको छ । तालिमको उदघाट्न सत्रमा संस्थाका सहसचिब बिष्णु अधिकारीले परापुर्वकालमा शिक्षण सिकाई परम्परागत रुपमा परम्परागत पदति अनुसार शिक्षण सिकाई गर्ने गरेको र हाल बिधालय तहमा शैक्षिक सामाग्री, शिक्षण बिधि पाठ्यक्रम, सिकाई प्रकृया बाल केन्द्रित रहेको छ ।

विद्यालय तहमा दिइने शैक्षिक गतिबिधिहरुलाई बाल केन्द्रित गर्न सके सिद्यालयमा शिक्षा गुणस्तरीय गर्न सकिने बताउँदै अझैपनि विद्यालय तहको शिक्षण गतिबिधि शिक्षक केन्द्रित हुँदा सोचे जस्तो हासिल हुन सकेको छैन । विद्यालय तहमा पनि घरपरिवारमा दिने बातावरण बिधालय तहमा सृजना गर्न सके उनीहरुको ब्यवहार र धारणामा परिर्वतन हुने बताउनुभयो । तालिममा सिकेका कुरा कक्षाकोठामा प्रयोग गर्न सके बाल केन्द्रित मैत्री कक्षाकोठा बनाउन सकिने बताउँदै तालिमले लिएको उदेश्य पुरा गर्न सकिनेछ ।

संस्थाका सहसचिव अधिकारीले पालिकाभित्रका सबै बालबालिकाले शिक्षाको पहुँच पुर्याउन र शैक्षिक गुणस्तर सुधार गर्न बिभिन्न योजना बनाई अगाडी बढिरहेको बालमैत्री तथा लैगिंकमैत्री बिधालय पुर्व कक्षाहरुलाई नमुना बनाउने कार्यमा प्रयास भइरहेको बताउनुभयो ।

प्लान र स्याक बाँकेका सिकाइ परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले विद्यालयमा बालिकाहरुको सहभागिता, गुणस्तरीय शिक्षा प्रदान गर्न र अभिभावकको बिधालयमा सक्रिय सहभागिता हुन आवश्यक रहेको र यसको सुधारको मुख्य कडीका रुपमा शिक्षक नै महत्वपुर्ण पात्रका रुपमा रहने बताउनुभयो । साथै हाम्रो जिम्मेवारी, कुशतला विद्यालयको कक्षाकोठामा अनिवार्य रुपमा देखाउँदा नमुना विद्यालय बन्न सक्ने शिक्षकको मर्यादित पेशालाई कायम राख्नुपर्ने बताउनुभयो ।

स्याक नेपाल बाँकेले बिगत लामो समयदेखि सामाजिक सेवाको क्षेत्रमा काम गदै आइरहेको र प्लान नेपालको सााझेदारीमा गुलरियामा ७ र ठाकुरबाबामा १२ गरि जम्मा १९ वटा विद्यालयमा सिकाइ परियोजना मार्फत बालिकाको विद्यालयमा पहुँच तथा बालबालिकाहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि परियोजनामार्फत बिभिन्न क्रियाकलाप संचालन गरेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया