Close sidebar

दुबईको आवासीय भवनमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु

२०८० बैशाख ३ गते, आईतवार १९:३९

एजेन्सी / दुबईको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार भारतीय समेत रहेको बीबीसीले जनाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् ।

भवनको चौथो तलाबाट सुरु भएको आगो अन्य भागमा पनि फैलिएको थियो । खलिज टाइम्सले भारतीय सामाजिक कार्यकर्ता नसीर वतनापल्लीलाई उद्धृत गर्दै आगलागीमा परी मृत्यु भएका चार भारतीय मध्ये एक दम्पती पनि रहेको जनाइएको हो ।

दुबई सिभिल डिफेन्सका प्रवक्ताले प्रारम्भिक अनुसन्धानले भवनमा आगोबाट बच्ने पर्याप्त प्रबन्ध नभएको देखाएको जानकारी दिएका छन् । आगलागीबाट भवनमा भएको क्षतिबारे अनुसन्धान भइरहेको बताइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया