सरला सुवेदी✍️
नेपालगन्ज / स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, भरपर्दो र दिगो बनाउने उद्देश्यले बाँके जिल्लामा थप स्वास्थ्य संरचना बनाउन थालिएको छ । नेपालगन्ज र कोहलपुर भनेको सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकतम मानिसहरु स्वास्थ्य उपचारको लागि आउने ठाउँ हो । बाँके जिल्ला तीन प्रदेशको केन्द्रबिन्दु भएकोले पछिल्लो समय प्रदेश सरकारले बाँके जिल्लाको कोहलपुरको लागि १ करोड ४० लाख बिनियोजन गरेको र नेपालागन्जमा आयुर्वेद औषधालयको लागि ३ करोड बजेट बिनियोजन गरेको छ । तीन प्रदेशको केन्द्रबिन्दु रहेको बाँके जिल्लाका आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गरिएको हो ।
नेपालगन्जमा पन्ध्र शैय्याको र कोहलपुरमा पन्ध्र शैय्याको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण गरिएपछि यहाँका नागरिक निकै उत्साहित भएका छन् । पछिल्लो समय कोरोना कहर सुरुभएसंगै आयुर्वेद र प्राकृतिक उपचारमा मानिसहरुको आकर्षण बढ्दै गएको छ । यस्तै आयुर्वेद तथा प्राकृतिक उपचार गरिरहेका कोहलपुर ११ का स्थानीय रमेश प्रसाद श्रेष्ठ नसा सम्बन्धि बिरामी हुन उनी पनि यो अस्पताल निर्माण हुँदा निकै खुसी छन् । दुई दशक देखि नसा दुख्ने समस्याले सताएपछि उनले नेपाल मात्र नभैइ लखनउका विभिन्न अस्पतालमा उपचार गराएर धेरै पैसा खर्च गरे तर निको नभएपपछि कोहलपुर – ११ मा रहेको आयुर्वेद औषधालयको औषधी सेवन गर्न लागेपछि त्यहाँको औषधी सेवन अनि प्राकृतिक पद्धतिले उपचार गर्न लागेपछि आफू निको भएको बताउँछन् । बाहिर डाक्टरले छोए पैसा तिर्नु पर्ने तर यहाँ नि:शुल्क रुपमा औषधी पाइने हुँदा म जस्ता बिपन्न व्यक्तीहरुलाई धेरै राहत मिल्ने गरेको बताउँछन् ।
यस्तै कोहलपुर – १२ निवासी अमृता शर्मा आफ्नो तीन बर्षको छोरालाई रुघाखोकी र छातिघाटिको समस्या कहिले कुन डक्टर कहिले कुन हस्पिटल लिएर जाने तर २० को १९ नहुँदा अन्तमा आयुर्वेद औषधी प्रयोग गर्दा छोराको स्वास्थ निको भएको बताउँछिन् । उनले आयुर्वेद अस्पताल कोहलपुरमा सन्चालन हुनु निकै राम्रो र स्वागतयोग्य भएको बताईन । कोहलपुरमा सरकारी आयुर्वेद औषधालय एउटा मात्र छ तर निजि स्तरमा सन्चालनमा ल्याइएका आयुर्वेद औषधी पसलहरु केही मात्रामा छन् । पहिले संघको मातहतमा संचालित कोहलपुर आयुर्वेद औषधालय २०७४ सालपछि पुर्ण रुपमा कोहलपुर नगरपालिकाको स्वामित्वमा रहेको छ । कोहलपुर आयुर्वेद औषधालयले नगरका विभिन्न वडाहरुमा शिविर संचालन गर्दै आएको छ । शिबिर सन्चालन अनि कोरोनाको कहर सुरु भएदेखि बिरामिहरु खोज्द खोज्दै यहाँसम्म आउनेको चाप बढेको बताउँछन्, शाखा प्रमुख उदिप श्रेष्ठ । उनले दैनिक २५-३० जना सबै उमेर समुहका बिरामी यहाँ आउने औषधी लिएर जाने गरेको बताउँछन् । उनले आयुर्वेद सेवालिन धेरै जसो पेट सम्बन्धि समस्या भएका नसा सम्बन्धी समस्या भएका बाथरोगीहरु आउने गरेको बताए । रुघाखोकी, नसा, पायल्स फिस्टुलाका रोगीहरु बढी आउने गरेको र यस आयुर्वेद औषधालयबाट २३ प्रकारको औषधी नि:शुल्क पाइने ओपिडी सेवा, बच्चा जन्मेको ५ महिनासम्मको बच्चालाई सपोर्ट हुने गरि स्तनपाई सेवा कार्यक्रम, जेष्ठ नागरिकहरुको लागि स्वास्थ्य प्रबर्द्धन कार्यक्रम त्यस अन्तर्गत रसायन औषधी इमिन्युटी पावर बढाउने कार्यक्रम, अनि बाथको समस्या भएकाहरुको लागि पन्चकोष कार्यक्रम अन्तर्गत पुर्वक्रम सेवा स्टिमबाथ हातखुट्टा दुख्ने, नसासम्बन्धी समस्या भएका बाथरोगीहरुको लागि दुई प्रकारको सेवा दिईरहेको बताएका छन् । उनले यहाँ आएका बिरामीहरु सन्चो भएर फर्कदा आफूहरुलाई सन्तोष मिल्ने गरेको बताउँछन् भने बिरामीको चाप अनुसार औषधी कहिले काहीं नपाउँदा बिरामीहरु फर्किदा दुखित हुनु परेको बताउँछन् ।
कोहलपुर आयुर्वेद अस्पतालका बिरामीहरु अब सामुदायिक प्राकृतिक आयुर्वेद अस्पतालको सेवा समेत लिन पाउनेछन् । हाम्रो काम अनि बिरामीलाई दिने सेवामा समन्वय हुनेछ मिलेर नै काम गर्ने उनले बताए । उनले सामुदायिक आयुर्वेद प्राकृतिक चिकित्सालय सन्चालनमा आएपछि यताका बिरामी जो भर्ना नै गर्नु पर्ने हुन्छन् तिनिहरुलाई त्यहाँ रिफर गरिने बताए । उनले यहाँबाट हामीले सबै सेवा फ्रीमा नै दिएका छौ, त्यसैले त्यहाँको सेवा पनि सौलियतमा भयो भने बिरामिहरुको आकर्षण बढ्ने कुरामा आफू बिश्वस्त रहेको बताउँछन् । कोहलपुरको सामुदायिक आयुर्वेद एवम् प्राकृतिक अस्पताल
२०७५ सालबाट निर्माण सुरु गरिएको २०७९ मा आएर भवन निर्माण कार्य सम्पन्न भएको छ । भवन २ तलाको छ भने कोठा २४ वटा रहेका छन् । जसमा उपचारको लागि १५ वटा रुम प्रयोग गरिने र बिरामीको चाप हेरेर थपघट समेत गर्न सकिने सामुदायिक आयुर्वेद एवम् प्राकृतिक अस्पताल कोहलपुरका अध्यक्ष नमप्रसाद शर्माले बताए । अस्पताल सन्चालनमा आएपछि यहाँका मात्र नभएर अन्य देशका नागरिकहरु पनि लाभान्वित हुनेछ्न । उनले अस्पतालको संरचना व्यवस्थित छ, अब स्थानीय, प्रदेश र सङ्घीय सरकारमार्फत विशेषज्ञसहितको दरबन्दी, उपकरण तथा औषधी लगायत सामाग्रीको व्यवस्था गरी सेवा दिनुपर्ने बताए । उनले अस्पताल सन्चालनको लागि आयुर्वेद डाक्टर १ जना, प्राकृतिक डाक्टर १ जना, वैद्य १ जना, कबिराज १ जना, थेरापिस्ट महिला ४ जना, पुरुष ४ जना, कार्यलय सहयोगी १ जना, माली १ जना, कपडा धुने २ जना र गार्ड २ जना राख्ने तयारी भैइरहेको र त्यसको लागि अस्पताल व्यवस्थापन समिती बिच छलफल चलेको बताउँदै प्रदेश सरकारको र स्थानीय सरकारको पुर्ण सहयोगको अपेक्षा समेत गरेका छन् । उनले बिरामीहरुको सेवा सरकारी अस्पतालको जस्तै कम शुल्कमा गरिने बताए । प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिना औषधी उपचार गरिने यस अस्पतालमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस अक्युपञ्चर, फिजियोथेरापी योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिने र विशेष गरी औषधीय उपचारबाट निको हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने बताए ।
आयुर्वेद अस्पतालले स्वास्थ्य क्षेत्रमा एउटा महत्वपुर्ण कार्यको सुरुवात गरेको र आयुर्वेद चिकित्सा पद्धतिलाई आमनागरिक सम्म पुर्याउन अस्पतालले सहयोग गर्ने विश्वास व्यक्त गर्दै उनले अहिले आयुर्वेदको बारेमा राष्ट्रिय र अन्तरर्राष्ट्रिय स्तरमा चर्चा, यसको वैज्ञानिकता बारेमा बहस भैरहेको छ । यसलाई सबैले स्वीकार गरेका छन् । आयुर्वेद बैज्ञानिकतामा आधारित छ । प्राकृतिक पद्धतीमा आधारित छ । यसको कमभन्दा कम साईड इफेक्ट छ । प्राकृतिक स्तरबाटै औषधी निर्माण गरिएको छ । आयुर्वेद उपचार पद्धतिले बेजोड उपचार र रोगलाई रोक्ने सुनिश्चितता गर्छ भन्ने कुरा सन्सारले मानेको छ ।’ नेपालमा आयुर्वेद उपचार पद्धति र अध्यापन बढ्दो क्रममा छ । सरकारले यसलाई प्राथमिकतामा राख्नु पर्ने धारणा समेत व्यक्त गरे । आयुर्वेद अस्पतालले बाँके जिल्ला मात्र नभएर देशभर र छिमेकी राष्ट्रका बिरामीलाई सेवा पुर्याउन सक्यो भने सस्तो, छिटो, छरितो र कम नकारात्मक असर पर्ने पद्धति भएकोले नेपालको स्वास्थ्य क्षेत्रमा यसले ठूलो योगदान पुर्याउन सक्छ । आम मानिसको जनजीवनमा पनि ठुलो प्रभाव पार्छ । ‘अस्पताला अत्यन्त सफा र शान्त वातावरणमा रहेको छ यही स्तरलाई निरन्तरता दिदैं सञ्चालन हुन सकेमा आम समुदायमा राम्रो सन्देश जान्छ । ‘स्वस्थ्य नेपाली, समृद्ध नेपाल’ भन्ने नाराका साथ सेवाभावले अस्पतालको निर्माण गरिएको बताउँदै उनले ‘आयुर्वेद नेपाल जस्तो देशका लागि निकै महत्वपुर्ण साबित बन्नेछ । नेपालमा अझैँ दुर्गम, ग्रामीण क्षेत्रहरु धेरै छन् । आर्थिक अवस्था कमजोर भएकाहरुको संख्या धेरै छ । उनीहरुले सही रुपमा उपचार पाईरहेका छैनन् । हामी जडीबुटीमा सम्पन्न देश हौं । हाम्रो वरपर भएका जडिबुटी नै उपयोगी छन् । यही कुरा स्थापित गराउन हामीले आयुर्वेद अस्पताल गराउने निर्णय गरेका हौं ।’ आयुर्वेद क्षेत्रमा उच्च स्तरको सेवा दिदैं नागरिकमा आयुर्वेद प्रति सकारात्मक प्रभाव पार्न सफल हुने विश्वास गरेको बताए ।
यस्तै अस्पताल निर्माणका आगि निवर्तमान प्रदेश सासद आरती पौडेल हुँदा उहाँकै पहलमा क्षेत्र बिकास कार्यक्रमका लागि ९० लाख, प्रदेश सामाजिक बिकास मन्त्रालयबाट ५० लाख, कोहलपुर नगरपालिकाबाट पटक/पटक गरेर ७४ लाख, संघीय माननीय महेश्वर गहतराज अथकबाट ३० लाख र संस्थाको आजीवन सदस्यहरुबाट २४ लाख रकम गरि जम्मा २ करोड ४२ लाखको लागतमा अस्पताल निर्माण गरिएको बताए । यस्तै लुम्बिनी प्रदेश स्वास्थ मन्त्रालयका उपसचिवले लुम्बिनी अस्पताल निर्माण सम्पन्न गर्नु मात्रै उपलब्धी नभई यसको सही सदुपयोग र रेखदेख र संरक्षण गर्न सके मात्रै स्थानीय तहका लागि उपलब्धी हुने बताए । उनले यस पद्धतिले मानव स्वास्थ्यमा असर नगर्ने भएकाले आयुर्वेद उपचार थप प्रभावकारी बनाउन सारेकारवाला सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले लुम्बिनी प्रदेशमा बाँकेको नेपालगन्ज, कोहलपुर, नवलपरासी, पाल्पा र बुटवलमा आयुर्वेद अस्पताल निर्माण भैइरहेको बताए ।
