सरला सुबेदी✍️
कोहलपुर / यस क्षेत्रकै उत्कृष्ट सामुदायिक स्कुल कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित शिवशक्ति आधारभुत विद्यालयमा निमार्ण गरिएको ४ कोठे भवनको उद्घाटन तथा चमेना गृह शिलान्यास कार्यक्रम शुक्रबार भुमिपुजन सहित सम्पन्न गरिएको छ । उद्घाटन गरिएको ४ कोठे भबन तथा चमेना गृह शिल्यनास एक कार्यक्रमकाबीच कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य, नेपाली काङ्ग्रेस बाँके जिल्ला सभापती नारायण प्रसाद गौडेल, सामाजिक विकास समिति संयोजक इश्वरि प्रसाद बिश्वकर्मा, कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायत लगायतले संयुक्त रुपमा रिवन काटेर गरे । तर चमेना गृहको भुमिपुजन सहित उद्घाटन गरिएको हो ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले शिवशक्ति आधारभुत विद्यालयले शैक्षिक गुणस्तरमा उचाई प्राप्त गर्दैं गएको बताए । विद्यालयले बालबालिकाहरुलाई व्यवाहारिक ज्ञान समेत दिँदै आएको बताउँदै नवनिर्मित भवनको उपयोग गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह समेत गरे । सामुदायिक विद्यालय भौतिक रुपमामात्र सम्पन्न नभई शैक्षिक स्तरमा पनि सम्पन्न बन्नुपर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरि प्रसाद बिश्वकर्माले शैक्षिक क्षेत्रको विकासका थुप्रै काम गरेको बताए । सामुदायिक विद्यालयमा नयाँ सुविधा सम्पन्न भवन निमार्णदेखि लिएर विद्यालयका जिर्ण भवनहरुलाई समेत पुनः निमार्ण गर्न तर्फ पालिका लागि रहेको बताए । कोहलपुर नगर क्षेत्रभित्र रहेका बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा दिने आफुहरुको उद्देश्य रहेको समेत बताए ।
त्यस्तै सो वडाका वडाध्यक्ष हरि कठायतले नवनिर्मित पूर्वाधारले विद्यालयमा सिकाईका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने विश्वास व्यक्त गरे । सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि आफुहरु निरन्तर रुपमा लागि रहने समेत प्रतिबद्धता ब्यक्त गरे । ५८ लाखको लागतमा ४ कोठे भवन निर्माण तथा २५० मिटरको पर्खाल नारायण निर्माण सेवा प्रा.लि.ले सम्पन्न गरेको विद्यालयका प्रध्यानाध्यापक बद्रीनाथ सापकोटाले जानकारी दिए । उनले विद्यालयको स्तरोन्नतिको लागि आफू दिनरात नभनी लागेको र आफू आएदेखि प्रवि स्कुललाई आधारभुत बनाएर विद्यालयलाई हरेक गतिविधिमा उत्कृष्ट बनाउन सफल भएको बताएका छन् । उनले केही समयअघि उत्कृष्ट विद्यालयको रुपमा ३ लाख धनराशीले पुरस्कृत भएको जानकारी समेत गराएका छन् ।
कोहलपुर नगरपालिकाको २ लाख ५० हजार र वडा को २ लाख ५० हजार र स्थानिय श्रमदानको ९४ हजार ४ सय २५ रूपैयाँ लागतमा विद्यालयको चमेना गृह बन्ने बताएका छन् । उनले भवन उद्घाटन कार्यक्रममा विद्यालयको प्रगति प्रतिबेदन समेत प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रममा सहयोगी चन्दादाता र भवन निर्माण र विद्यालयलाई यो स्थानसम्म पुर्याउन सहयोग गर्नेहरुलाई कदरपत्र सहित सम्मानित गरिएको थियो ।
