
नेपालगन्ज / प्रजनन स्वास्थ्य सम्बन्धी महिला जनप्रतिनिधि, अधिकारकर्मी तथा सञ्चारकर्मीहरुका लागि दुई दिने अभिमुखिकरण तालिम आज सम्पन गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा र सञ्चारिका समूह लुम्बिनी प्रदेशको समन्वयमा दुई दिने अभिमुखीकरण तालिम शुक्रबार नेपालगन्जमा सम्पन्न गरिएको हो ।
सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलको सभापतित्वमा सम्पन्न गरिएको तालिममा बाँके जिल्लालाई कर्मथलो बनाएर क्रियाशिल पत्रकारिता गरिरहेका महिला पत्रकारको प्रजनन स्वास्थ्य, महिला अधिकारका सवालमा जनप्रतिनिधि, अधिकारकर्मी र सञ्चारकर्मीहरुको अभिवृद्धिका लागि अभिमुखीकरण गरिएको छ ।
यस्तै तालिममा किशोकिशोरीहरुको प्रजनन स्वास्थ्य, लागूऔषध, महिनावारी सरसफाई, यौन प्रजनन स्वास्थ्यको बारेमा समेत छलफल गरीएको थियो । यसैगरी विवाह गर्ने अवस्थामा गर्भतपन र यौन रोग बारेमा समेत तालिममा अभिमुखीकरण गरिएकाे छ । तालिमको समापनमा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव महेश आचार्यले स्थानी यस्तरमा भएको स्वास्थ्य समस्यालाई मध्यनजर गरी कलम चलाउन आग्रह गरे । प्रजनन स्वास्थ्य अधिकारको बारेमा कानुनी जानकारी नहुँदा महिलाहरुले हरेक समस्या भोग्दै आएको उनले बताए ।
यस्तै महिला पत्रकारहरुका समस्यालाई चिर्न र कानुनी सहायता लिन जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले जोड दिइन् । ‘महिलाहरुको प्रजनन स्वास्थ्यमा देखा पर्ने समस्याबाट बच्नुपर्छ । परिवार नियोजनका अस्थाइ साधनको प्रयोगको बारेमा सचेत हुन आवश्यक छ । सानो उमेरका विवाह गर्ने पर्ने असरबारे सबैलाई जागरुक गराऔँ,’ उनले भनिन् । लुम्बिनी प्रदेशमा अरु प्रदेशको तुलनामा प्रजनन् स्वास्थ्यको हिसाबलेपछि रहेको बताइन् । गर्भवती अवस्थामा विश्वभरी ८५ हजार महिलाको मृत्यु हुने तथ्यांक रहेको उनले जानकारी दिइन् ।
उनले समुदायमा यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनका विषयमा समुदायमा सचेतना जगाउनु पर्ने बताउँदै किशोर किशोरीहरूले सकारात्मक सन्देशको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइन् । तालिममा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजन, महिनावारी चक्र, सुरक्षित गर्भपतन, लैंगिकतामा आधारित हिंसा, किशोर किशोरीमैत्री सवाल गायतका विषयमा सहजीकरण गरिएको थियो । उक्त तालिममा स्थानीय सरकार, स्वास्थ्यकर्मी लगायत सराेकारवालाहरुको उपस्थिति रहेको थियो ।
