Close sidebar

जानकीले विविध कार्यक्रम गरि मनाइयो ११३ औं श्रमिक महिला दिवस (फोटो फिचर)

२०७९ फाल्गुन २५ गते, बिहीबार ०२:५८

ताहिर शेष राई✍️

नेपालगन्ज / ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरि बाँकेको जानकी गाउँपालिकास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मानपुरको प्राङ्गणमा मनाइएको छ । ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नाराका साथ बुधबार यो दिवस मनाइएको हो ।

जानकी गाउँपालिकाको आयोजना र मिलाप संस्था, त्रिवेणी विकास समाज, नारी एकता महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा अन्तर्राष्ट्रिय नेपाल फेलोसिपको संयुक्तमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पालिका स्तरीय प्रथम महिला सम्मेलन कार्यक्रम गरि मनाइएको छ । पालिका अध्यक्ष छब्बन खाँको विशिष्ट अतिथित्वमा र उपाध्यक्ष रामप्यारी यादवको सभापतित्वमा सामुहिक रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

र्‍यालीमा महिला तथा बालबालिका शाखा, मिलाप संस्था, त्रिवेणी विकास समाज एवम् नारी एकता महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायत जानकीमा रहेका संघ संस्थाहरुले ‘नारी हुन्छ त परिवार हुन्छ, सुन्दर जीवनको आधार हुन्छ, हिंसा सहनु पाप हो, बालबालिकालाई गरौं मान, यसले बढ्छ देशको शान’ जस्ता लेखिएका प्लेकार्ड बोकेर कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष रामप्यारी यादवले नारीमाथि पहिलेदेखि नै विभेद हुँदै आएको भन्दै आफू पनि थुप्रै विभेदहरु भोगेर यो ठाउँसम्म आइपुगेको बताउनुभयो । उनले २०७४ सालमा जब निर्वाचन लडेँ त्यसपछि मात्रै बाहिर निस्किन पाएर श्रमिक भए । हाम्रो समुदायमा त महिलालाई अझ बढी विभेद गरिन्छ र महिला पुरुष समान भनिए तपनि जताततै विभेद र हिंसा व्यापक भइरहेको बताइन् । आफ्नै गाउँपालिकामा समेत आफूले विभेद भोगेको र देखेको उनले दुखेसो पोखिन् । कागजमा र भनाईमा मात्र समानताको कुरा गरेर नहुने र व्यवहार परिवर्तन गर्नुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा महिला तथा बालबालिका शाखाकि कल्पना गाहामगरले स्वागत मन्तव्य दिंदै विश्वभर प्रत्येक वर्ष मार्च ८ तारीखमा मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना समेत व्यक्त गरेकि थिइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारी, ६ नं. का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन, विपद तथा वातावरण समितीका संयोजक राजेन्द्र सिंह, सामाजिक विकास संयोजक राम अचल धोबी, कार्यपालिका सदस्य, कर्मचारी, विभिन्न विद्यालयकि शिक्षिका लगायत प्रत्येक वडाबाट महिलाहरुको उपस्थिति थियो ।

अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ तारिखमा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ । यो दिवस बाँके लगायत अधिराज्यभरी विविध कार्यक्रम गरि मनाईएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया