Close sidebar

११३ औं श्रमिक महिला दिवस कोहलपुरमा विविध कार्यक्रम गरि मनाईयो (फोटो फिचर)

२०७९ फाल्गुन २४ गते, बुधबार १५:०६

सरला सुबेदी✍️

कोहलपुर / ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज विविध कार्यक्रम गरि कोहलपुरमा मनाईएको छ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।

नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ । नेपालमा यस वर्ष  लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस  कोहलपुर लगायत देशभर मनाईएको छ । कोहलपुर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखाले आयोजना गरेको कार्यक्रममा सञ्चारीका समूह नेपाल बाँके शाखा लगायत कोहलपुरमा रहेका विभिन्न संघ सस्थाहरुले आफ्नो व्यानर सहित र्याली तथा कार्यक्रममा सहभागिता जनाएका थिए ।

११३ औं श्रमिक महिला दिवस सफल पारौ महिला हिंसा बन्द गरौ, बलात्कारीलाई फाँसी दे जस्ता नारा लगाउँदै कोहलपुर राजस्व कार्यलय देखि सुरु भएको र्याली कोहलपुर चौराह हुँदै कोहलपुर बजार परिक्रमा गरि पुन राजस्व कार्यलय अगाडि आएर कोण सभामा परिणत भएको थियो । कोणसभा कार्यक्रम महिला बालबालिका शाखा प्रमुख रिना शाहको अध्यक्षतामा र कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालको प्रमुख आथित्यतामा तथा सामाजिक विकास शाखा संयोजक इश्वरी प्रसाद बिकको विशिष्ट आथित्यतामा पानसमा बत्ती बालेर सुरु भएको हो ।

कोणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी टिकाराम ढकालले विश्वभर प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका थिए । उनले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणका क्षेत्रमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको बताउँदै महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको बताउँदै देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको समान सहभागिता अत्यन्त जरुरी रहेको बताएका छ्न । उनके  विशेष गरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाहरूले अवसर प्राप्त गर्ने गरी रोजगारी वृद्धि गर्नु आवश्यक रहेको बताउनुभयो ।

यस्तै कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा समाजवादीकी नेत्री नारायणी वलीले महिला दिदिबहिनीहरुले भोग्नु परेको समस्या अनि समस्या समाधान गर्दा आउने चुनौतीबारे महिलाहरु स्वयम् नै लड्नु पर्ने बताएकी छिन् ।उनले ११३ बर्षसम्म दिवस मनाउँदै आइरहेता पनि अझै हाम्रो समाजमा पुरुष श्रमिक र महिला श्रमिक बिच भेद्भाव यथावत नै रहेको बताएकी छिन् । यस्तै कार्यक्रमा कोहलपुर वडा नम्बर १ का महिला दिदिबहिनीहरुको पन्चेबाजा सहितको झाकी र कोहलपुर नगर युवा सन्जाल र बाल सन्जालका भाईबहिनिहरुले नृत्य र यथार्थपरक सडक नाटक समेत प्रस्तुत गरेका थिए ।

कोहलपुर नगरपालिकाले साताव्यापी रुपमा विभिन्न संघसस्थाहरुसंग सहकार्य गरेर कार्यक्रम गर्दै आएको छ । ११३ औं श्रमिक महिला दिवसको अवसर पारेर टिकटक प्रतियोगिता समेत राखिएको थियो । महिलाहरुलाई प्रबिधिमा पहुच पुर्याउनको लागि महिला हिंसा, लैङ्गकि हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामुलक टिकटक बनाएर प्रस्तुत गर्नेलाई पुरस्कार सहित प्रमाणपत्र समेत प्रदान गरिएको छ । जसमा मेनुका भुषाल प्रथम, देवी पौडेल द्वितीय, कमली भुषाल तृतीय र नैनकला बाठा सान्त्वना भएका छन् । कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक इश्वरी प्रसाद बिक, महिला उपकार मन्चकी भगवती बराल लगायतले शुभकामना सहित आफ्नो भनाई राखेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया