नेपालगन्ज / हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा जानकी गाउँपालिका बाँकेले आयोजना गरेको पालिका मातहतका कर्मचारी तथा सम्पूर्ण महिला दिदी बहिनीहरुलाई तीज मिलन तथा दर खाने कार्यक्रम नाचगान सहित सम्पन्न गरेको छ ।
गाउँपालिका प्रमुख छब्बन खाँको अध्यक्षतामा र प्रमुख प्रसाशाकीय अधिकृत सिंहराज डाँगीको प्रमुख अतिथीमा तीज मिलन तथा दर खाने कार्यक्रम शुक्रबार नेपालगन्जमा सम्पन्न गरेको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथी एवम् राप्ती सोनारी गाउँपालिकाबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाइएका नयाँ प्रमुख प्रसाशाकीय अधिकृत सिंहराज डाँगीलाई स्वास्थ्य कर्मीहरुले खादा, टीका र फुलको माला लगाएर सम्मान समेत गरेका छन ।
सो कार्यक्रममा गाउँपालिका प्रमुख खाँले तीज मिलन तथा दर खाने कार्यक्रमको व्यवस्थापन अति नै राम्रो एवम् प्रशंसायोग रहेको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी लगायत सम्पुर्ण महिला दिदी बहिनीहरुलाई तिजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै धन्यवाद समेत दिए ।
यसैगरी कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख प्रसाशकीय अधिकृत डाँगीले आगामी दिनहरुमा तीज जस्ता महत्त्वपूर्ण चाड, विभिन्न धर्म, जातिको मुख्य मुख्य कार्यक्रमहरू न्यायीक समितिको संयोजकको अगुवाईमा मनाउने बताउनुभयो ।यस्ता कार्यक्रमका लागि पहिलेदेखि नै बजेट छुट्टाउने समेत उहाँले बताए ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख प्रतिभा ओली खड्का , स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना, महिला विकास संयोजक शोभा पौडेल, शिक्षा संयोजक राम अचल धोबी, विपत व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंह, पालिका अध्यक्षका परामर्शदाता सोहराब अली दर्जी, महिला विकास शाखा प्रमुख सविता श्रेष्ठ तथा विभिन्न वडाका कर्मचारी, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम संचालन स्वस्थ्यकर्मी सिअहेवा गिता शाही पौडेलले गरेका थिए ।