नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले सार्वजनिक स्थान र सडकमा पशु-चौपाया नराख्न तथा खुल्ला ठाउँमा दिसा-पिसाब नगर्न सचेत गराएको छ । शुक्रबार सार्वजनिक स्थान र सडकछेउमा गाई, गोरु, भैंसी, घोडा, गधा, खच्चड, भेडा-बाख्रा नबाँध्न र खुल्ला ठाउँमा दिसा-पिसाब नगर्न सचेत गराएको हो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपालीले असोज ११ गते एक सुचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत पालिकाको अधिकार क्षेत्रभित्र आधारभूत स्वास्थ्य तथा सर-सफाईलाई मध्यनजर गर्दै सडक छेउमा राखिएका वस्तुभाव र पशु चौपाया तथा खुल्ला ठाउँमा दिसा-पिसाब नगर्न सबै वडावासीलाई सचेत गराएका हुन ।
सूचना अनुसार पालिका अन्तर्गतका सबै वडाका स्थानीयवासीलाई सचेत गराउँदै सडकमा फोहोर र सामान/वस्तुभाउबाट आवत-जावतमा असर परेमा प्रचलित कानुन बमोजिम जरिवाना तथा सजाय गरिने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।

