कोपिला संग्रौला अधिकारी ✍️
नेपालगन्ज / घर, अफिस ,समाज जहाँ जान्थें, त्यहाँ सबैका प्रिय थिय राम शरण । महिला, पुरुष, बृद्धा, बाल, अनेक जातजातीका लागि मनका मित्र भन्दै गएका राम शरणको स्वभाव देखेर उनका मिल्ने केही साथीहरुमा डाहानै उत्पन्न हुन्थ्यो बेलाबेला जिस्काउदै भन्दथे पनि” अरे तिमिलाई मात्र सबैले किन मन पराउँछन यार, हामीलाई त कसैले गन्दै गन्दैनन”
दिनहरु बित्दै जाँदा रामसरणमा अलिअली गर्दै अहँ बड्दै गयो, समाज न हो, कसैको राम्रो बनाउनेतिर भन्दा अरुलाई नराम्रो देखाउन केही बेरोजगार मानिसहरु नभएको कुन समाज हुन्छर ?
बिस्तारै रामसरण अरुका कुरा सुन्न थाले र पार्टि, जात, धर्म, लिङ्ग, मिल्नेतिर मात्र ढल्किदै गए, हुँदा हुँदै उमेर, पढाइ , योग्यता, पद, पैसालाई बढी गहिराईका साथ हेर्दै गए ! उनी प्रति एक-एक गर्दै बिपरित स्थरमा ब्यक्ती टाढिदै गए, जब उनी पद र पैसामा मात्र ठोक्किन थाले, उनको अस्तित्व सेलाउँदै जान थाल्यो ।
बुढापाकाले भनेझै राम्रो बन्न धेरै समय लाग्दछ, बिग्रन केही समय लाग्दैन त्यति लोकप्रिय रामसरण अब आफू समानकामा मात्र सिमित बन्न थाले, बालकदेखी बृद्दासम्मको उनको मायालु व्यवहार अब रित्तिदै गयो उनी एक्लो हुँदै गए, आफू समानका साथी पनि अब प्रतिस्पर्धा गर्न लागेझै भान हुन थाल्यो उनलाई ।
जब एकदिन उनलाई निक्कै ठूलो समस्या पर्यो, सहायता गर्ने कोई भएनन अनि उनलाई लाग्यो मैले भूल गरे मेरो आफ्नो स्वभावमा म रमेको थिए जब अरुका कुरा सुनेर म बहकिदै, जाँदा, म जस्तो ठूलो कोई छैन भन्ने सम्झे, यो मेरो जीवन सुन्दर फूलबारी थियो तर आज बनजड बनाए । मैले सबैप्रति समभाव राख्नुपर्थ्यो मैले ठूलो भूल गरे ।
लघुकथाको सन्देशचैं – सबैप्रती असल व्यबहार गरौ,असल व्यवहार गर्न नसके खराब ब्यबहार पनि नगरौं र अरुका बहकावमा नलागौ ।
