सानू नवाब
बाँके । जानकी गाउँपालिका मातहतका महिला तथा बालबालिका शाखाले आयोजना गरेको पालिका स्तरीय अपांगता परिचय पत्र वितरण शिविर सम्पन्न भएको छ ।
जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवको संयोजकत्वमा अपांग, अशक्त, दृष्टिबिहिन र बौद्धिक अपांग भएकाबालबालिकालाई लक्षित गरि पलिका स्तरीय अपांगता परिचय पत्र वितरण शिविर सम्पन्न भएको हो । 
शिविरको उद्घाटन पलिका स्तरीय अपांगता परिचयपत्र वितरण समुन्वय समितिकि संयोजक एवं गापा.उपाध्यक्ष रामप्यारी यादवले गरेकी थिइन । जानकी गाउँपालिका मानपुर बांँकेको सहकार्यमा बिहान १२ बजेदेखि साँझ ६ बजे सम्म अपांगता परिक्षण शिविर संचालनमा ल्याएको थियो ।
टिभी अस्पताल मानपुरका मेडिकल अधिकृत डा.करूनेश गुप्ताले अपांग तथा सशक्त बालबालिकाको अपांगताको अवस्था चेकजाँच गरिसके पछि अपांगताको किसिम अनुसार नाम दर्ता गरेका हुन । शिविर संचालन गरि नयाँको नाम दर्ता र पुरानोलाई परिचयपत्र वितरण कार्य प्रत्येक महिनाको २६ गते समितिको निगरानीमा गरिने जानकारी दिए । 
मापदण्ड अनुसार ४ किसिमका अपांगता परिचयपत्र वितरण कार्यविधि गाउँपालिकाको ऐन बमोजिम पूर्ण अपांग भएका बालबालिकालाई “क” वर्गको रातो कार्ड, दृष्टिविहिन तथा बौद्धिक अपांग बालबालिकालाई “ख” वर्गको निलो परिचयपत्र वितरण गरिने छ । यस्तै “ग” वर्गको पहेँलो र ” घ” वर्गको सेतो कार्ड वितरण गरिने महिला तथा बालबालिका शाखा प्रमुख सावित्रा श्रेष्ठ धितालले जानकारी दिनुभयो ।
उनले “क” वर्गको रातो परिचय पत्र पुर्ण अपांग भएका बालबालिकालाई मासिक रू. ४ हजार सेवा सुविधा दिइने छ ।
शिविर संचालन कार्यक्रममा गाउँपालिका प्रमुख छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, लेखा अधिकृत मतीन अहमद अन्सारी, स्वास्थ्य प्रमुख दल बहादुर राना, सल्लाहकार सोहराब अली दर्जी, कार्य पालिका सदस्य रामअचल धाेबी, महिला तथा बालबालिका शाखाकी कल्पना गाह, शोभा पौडेल, सविता श्रेष्ठ धिताल, दयानन्द तमोली, राजितराम मुराउ, कमलादेवी यादव, मिलाप कर्मचारी सृजना गैरे र प्रेमा रोका लगायत पत्रकारको समेत उपस्थिति रहेको थियो । शिविरमा करीब १९ जना भन्दाबढि अपांग भएका बालबालिकाले सेवा लिएका थिए ।
