Close sidebar

प्रहरी प्रशासनबाटै पीडित बन्नुपरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्यको गुनासो

२०७९ असार १९ गते, आईतवार ०९:२०

नेपालगन्ज /  सुनचाँदी व्यवसायीहरूको सवालमा राज्यले स्पष्ट नीतिगत निर्णय लिन नसक्दा सुनचाँदी व्यवसायीहरु प्रहरी प्रशासनबाटै पीडित बन्नुपरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले गुनासो गर्नुभएको छ ।

सुनचाँदीमा लगानी, भरपर्दो आमदानी भन्ने मूल नाराका साथ शनिबार नेपालगन्जमा आयोजित नेपालगन्ज सुनचाँदी व्यवसायी संघको छैठौं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायीहरुले राज्यको नीतिगत समस्याका कारण पीडित बन्नुपरेका गुनासो गर्नुभएको हो ।

त्यस्तै बाँकेका सुनचाँदी व्यवसायीहरूले पनि राज्यको नीतिगत उल्झनका कारण व्यवसायीहरुले विभिन्न खाले समस्याहरू झेल्नु परेको दुखेसो पोखे ।

सुनचाँदी व्यवसायीहरुको समस्या सम्वोधनमा राज्यले कुनै चासो नलिएको समेत उनीहरूले आरोप लगाएका छन् । यहाँ सम्मकी उनीहरुले सुन व्यवासायीको समस्या सम्वोधन गर्न सुन व्यवसायीबाटै गृहमन्त्री र अर्थमन्त्री बन्नु पर्ने हो भन्दै व्याङ्ग्यात्मक टिप्पणी गरे ।

नेपालगन्ज उप महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले कालिगढहरुलाई सीपमूलक तालिम दिएर सुनचाँदी व्यवसायीहरुसँग सहकार्यका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

नेपालगन्ज सुनचाँदी व्यवसायी संघका अध्यक्ष सलाउद्दिन जसगढको सभापतित्वमा भएको कार्यक्रममा सुनचाँदी व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष बुद्धिबहादुर विक, सुदूरपश्चिम अध्यक्ष सन्तोष लामिछाने, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य आरिफ अन्सारी, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, सुनचाँदी व्यवसायी संघका कोषाध्यक्ष शुकनारायण सोनी लगायतले बोल्नुभएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया