Close sidebar

भारत तर्फ जाँदै गरेको बिना निकासी प्रमाणिकरण अवैध सिल कन्टेनर जमुनाहा प्रहरी नियन्त्रणमा

२०७९ असार १७ गते, शुक्रबार १४:५४

नेपालगन्ज / नेपालबाट अबैध सिल गरेर भारत तर्फ जाँदै गरेको कन्टेनर नेपालगन्जको जमुनाह प्रहरीले नियन्त्रणमा लिएको छ । निकासी प्रमाणिकरण बिनाको लकमा सिल गरिएको कन्टेनर जमुनाहा नाकाबाट भारत जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

निकासी प्रमाणपत्र बिना नै लोड गरि सिल गरिएको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको जमुनाह प्रहरीका इन्चार्ज माधव रिजालाले जानकारी दिनुभयो । कन्टेनरमा पहाडी उत्पादन जस्तो देखिने गेडागुडी फेला परेको र त्यसको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।पहेलो गेडागुडी जस्तो सामान भेटिएको जानकारी दिदै उहाँले परिक्षणपछि मात्र त्यसको पहिचान हुने बताउनु भयो । सामान लोड भएको र सिलबन्दी गरिएको कन्टेनर भन्सार कार्यालय नेपालगन्ज पार गरेर सीमानाका पार गर्ने बेलामा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतले पहेला गेडागुडी अफिम हुन सक्ने आशंका गरेको जनाएको छ। कन्टेनरमा २५० बोरा फेला परेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया