Close sidebar

एक महिने आधारभूत ब्यूटिशियन तालिम सम्पन्न

२०७९ असार १८ गते, शनिबार ०३:५५

साहिल शेष

खजुराखुर्द / बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ मा एक महिने आधारभूत ब्यूटिशियन तालिम सम्पन्न भएको छ ।

शुक्रबार मिलाप संस्था नेपालगन्जको आयोजनामा र जानकी गाउँपालिका ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा एक महिने आधारभूत ब्यूटिशियन तालिम सम्पन्न भएको हो ।

मिलाप संस्थाका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सुनारको सभापतित्व तथा गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएकाे थियाे ।

कार्यक्रममा बाेल्दै अध्यक्ष खाँले जानकी गाउँपालिका क्षेत्रमा गरिएको याे कार्यक्रम सराहनीय रहेकाे बताउनुभयाे । पालिकाले यस्ता कार्यक्रमका लागि संधै सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

उहाँले पछिल्लो समय महिला पुरूषबीच काममा गरिने भेदभाव कम भएकाेले महिलाहरूलाई पनि स्वतन्त्र रूपमा परिवार सक्षम बनाउन अघि बढेकाे प्रति खुशी समेत व्यक्त गर्नुभयाे ।

वडा न ४ का वडा अध्यक्ष रमेश कुमार बर्मासमेतकाे उपस्थिति रहेकाे कार्यक्रममा बाेल्दै वडा सचिव शिव बहादुर थापाले तालिमकाे सही सदुपयोग हुनुपर्ने कुरामा जोड दिनुभयो ।

एक्लैले व्यवसाय गर्न गाह्रो हुने तर दुई वा दुईभन्दा बढि मिलेर व्यवसाय गर्दा भने सजिलाे हुने र वडा तथा पालिकाले समेत सहयाेग गर्न सक्ने थापाले बताउनुभयो ।

कार्यक्रमलाई समापन गर्दै जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले पालिकामा याे कार्यक्रम प्रेरणादायी हुने र यसले उद्यमतर्फ सक्रिय बनाउने बताउनुभयो ।

सहभागीहरूले एक महिनाकाे तालिम कम भएकाे भन्ने भनाई प्रति उहाँले भाेलिका दिनमा पालिका याे कार्यक्रमका लागि साेच्ने बताउनुभयो ।

समापन कार्यक्रममा मिलापका कर्माचारी, प्रशिक्षक पुजा केसी लगायत २१ जना प्रशिक्षार्थी गरि करीब ४० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सृजना गैरेले संचालन गर्नुभएको थियाे ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया