Close sidebar

२० दिनको बर्षे बिदा गर्न नगरभित्रका विद्यालयलाई निर्देशन

२०७९ असार १७ गते, शुक्रबार ०६:४९

नेपालगन्ज  /  नगरभित्र रहेका सम्पूर्ण विद्यालयहरूलाई बर्षे बिदा गर्न नेपालगन्ज उप–महानगरपालिकाले निर्देशन दिएको छ ।

नगर कार्यपालिकाको कार्यालयले बिहीबार दिन एक विज्ञप्ति प्रकाशित गरि नेपालगन्ज उप–महानगरपालिका अन्तर्रगत संचालन भएका सम्पूर्ण विद्यालयहरूलाई २० दिनको बर्षे बिदा गर्न निर्देशन दिएको हो ।

शिक्षा, युवा तथा खेलकुद महाशाखाका उप–सचिव (प्रा) गोर्ख बहादुर थापाले नगरका (सामुदायिक, संस्थागत तथा धार्मिक) विद्यालयहरू असार १९ गते आइतबार देखि साउन ६ गते शुक्रबार सम्म बर्षे बिदा गर्न विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।

अब सम्पूर्ण विद्यालयहरू साउन ८ गते आइतबार देखि नियमित पठन पाठन गर्न ब्यवस्था मिलाउन उप–सचिव (प्रा) थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया