नेपालगञ्ज । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ । बिहीवार मध्यरातिदेखि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० /१० रुपैयाँ मध्यराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो ।
मुल्य घटेसँगै अब पेट्रोल प्रतिलिटरको १ सय ७० र डिजल र मट्टीतेल प्रतिलिटरको १ सय ५३ रुपैयाँमा झरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।यसअघि अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर पूर्वाधार कर घटाएर मूल्य योजन गर्न भनेको थियो ।
