मो. शादाब राइनी
नेपालगन्ज / बाँकेको जानकी गाउँपालिकास्थित बेलहरी स्वास्थ्य चौकीका प्रमुख श्यामलाल बेल्बासेको अगुवाईमा नवनिर्वाचित गाउँपालिका अध्यक्षलाई स्वागत सम्मान तथा बधाई कार्यक्रम गरेको छ ।
शुक्रबार बेलहरी स्वास्थ्य चौकीको आयोजित कार्यक्रम वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवको अध्यक्षतामा नवनिर्वाचित जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँलाई स्वागत सम्मान तथा बधाई कार्यक्रम गरेका हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खाँले स्वास्थ्य क्षेत्रलाई माथी उठाउन गाउँपालिका लागि परेको बताउनुभयो । पहिलाको जनप्रतिनिधि जस्तै हामीले पनि काम गर्यो भने समाजमा हाम्रो बेइज्जत हुने उहाँले जिकिर गर्नुभयो । जन्मिने बित्तिकै छोरीको नाममा प्रत्येक घर – घरमा ५००० का दरले रकम जम्मा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले सेवा लिनआउने बिरामीलाई सेवाबाट बञ्चित नगराउन आग्रह गर्नुभयो । वडाले आगामी दिनमा यस स्वास्थ्य चौकीका लागि गर्ने सहयोगमा कुनै कमी नगर्ने समेत अध्यक्ष यादवले बताए ।
त्यसतै जानकी गाउँपालिका वडा नम्बर ४ स्थित १५ सय्याको अस्पताल निर्माणको कार्य तीब्र गतिमा भइरहेको जानकी गाउँपालिका प्रशासकीय अधिकृत बस बहादुर रानाले जानकारी दिनुभयो ।
सो कार्यक्रममा नवनिर्वाचित वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादव, सदस्य जुल्फेकार सिद्धिकी, शरीफ खान, महिला सदस्य कान्ति देवी कान्दु , दलीत महिला सदस्य निर्मला हरिजनलाई सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा ज्येष्ठ नागरिक, बुद्धिजिवि लगायतका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।
