Close sidebar

भेरी रकर्सका खेलाडीको चर्चा भारतमा,खेलाडीलाई प्रोत्साहन गर्न आग्रह

२०७९ जेष्ठ १९ गते, बिहीबार १८:०३

साहिल अन्सारी,

नेपालगन्ज / भेरी रकर्स क्रिकेट क्लब नेपालगन्जको दबदबा र चर्चा छिमेकी राष्ट्र भारतमा समेत सुरु भइसकेको छ । रुपईडिहामा जारी सिमान्चल नाईट क्रिकेट प्रतियोगितामा नेपाली युवा खेलाडीले आफ्नो बेजोड प्रस्तुती गरेका छन।

यसअघि भएको पहिलो खेलमा बहराईच र दोस्रोमा रुपईडिहालाई पराजित गर्दै भेरी रकर्स सेमिफाईनलमा प्रबेश गरेको छ । जारी खेलको ब्यवस्थापन रुपईडिहाका पुर्वप्रधान जुबेर फारुकी र आलमले गरेको खेलाडीले बताएका छन।

नेपालगन्जको तर्फबाट मो.साजिद खानको नेतृत्वमा प्रनित थापा मगर, रोशन कुसा, सिधाान्त राज शाही, समसुद्दिन अन्सारी, साहिद अन्सारी, हसन खान, निजामुद्दिन खान, नदिम शेख, बसन्त खत्री, सहजाद राई, बिपुल मिश्रा, वारिस खान, साद खान रहेका छन ।

टोलीप्रमुख समेत रहेको खानले आफू हरुलाई यस खेलमा सहभागी हुन कालागि पुर्वमन्त्री तथा प्रतिनिधि सभा सद्स्य मोहम्मद ईस्तियाक राई र नेपालगन्ज -८ का वडाअध्यक्ष बिबेक बाजपेयीले आर्थिक सहयोग गरेको बताउदै नयाँ स्थानीय सरकारलाई खेलाडिहरु प्रोत्साहित गर्नकालागि सरकारले बिशेष योजना र बजेट बिनियोजन गर्न आग्रह गर्नुभएको छ।

अगामी जून ३ मा सेमिफाइनल र जून ४ मा फाइनल रहेको टिमको नेतृत्वदायी भुमिका निर्वाह गर्ने साजिद खानले बताएका छन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया