Close sidebar

शालिक स्थापना गर्ने प्रयास, बिबादपछि धम्बोजी र सेतुबिक चोक तनाब ग्रस्त

२०७९ जेष्ठ १९ गते, बिहीबार ११:५१

नेपालगन्ज / नेपालगन्जको धम्बोझी चोकमा आज बिहीबार पुन: स्व. राजा विरेन्द्र शाहको शालिक स्थापना गर्ने प्रयास गरिएको छ । तर शालिक स्थापना गर्ने क्रममा विवाद भएपछि प्रहरीले शालिक हटाइएको छ ।राजतन्त्रका पक्षधर युवाले नेपालगन्जको धम्बोझीस्थित वीरेन्द्र चोकमा दरबार हत्या काण्ड भएको आज जेष्ठ १९ गतेको दिन स्व. राजा वीरेन्द्र वीर बिक्रम शाहको सम्झनामा पुन: शालिक स्थापना गर्न खोजिएका हुन ।

स्व. राजा वीरेन्द्र शाहको शालिक स्थापन गर्ने क्रममा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हाम्रो भाषा हाम्रो भेष प्राण भन्दा प्यारो छ जस्ता नाराबाजी समेत गरेका थिए ।शालिक राख्ने क्रममा नेपालगन्ज उपमहानगरपालिका केही जनप्रतिनिधिको समेत सहभागिता देखिएको छ ।०६२/६३को जन आन्दोलनका क्रममा राजा बिरेन्द्रको शालिक तोडफोडपछि हटाइएको शालिक पुनः राख्दा प्रहरीले २४ घण्टा नबित्दै शालिक निकालिदिएको थियो । त्यस यता राजा समर्थकहरुले शालिक स्थापना गर्न पटक पटक प्रयास गरेका थिए । बिहीबार बिहान शालिक राख्ने प्रयासका क्रममा प्रहरी र राजतन्त्रका पक्षधर युवा बीच सामान्य झडप हुँदा दुबैपक्षकालाई समान्य चोटपटक लागेको जानकारी प्राप्त भएको छ ।यसैबीच  स्वर्गिय  राजा  बिरेन्द्रको  शालिक   राख्न नपाएको  झोकमा  सेतु  बिकको  शालिक  तोडफोड प्रयास गर्न पुगेका  युवाहरूलाई  प्रहरीले लखेटिएको छ । सेतुको शालिकमा ढुंगा हानेर भागेपछि सडक हिड्नेलाई प्रहरीले पक्राउ गरेको स्थानीयले बताएका छन । अहिले धम्बोजी र सेतु बिक क्षेत्र तनाब ग्रस्त बनेको छ । यी दुबै क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया