Close sidebar

पत्रकारलाई धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

२०७९ जेष्ठ १८ गते, बुधबार १९:०७

नेपाल पत्रकार महासंघ पर्वत  शाखाका  कार्यसमिति सदस्य लक्ष्मणकुमार सुनारलाई समाचारको विषयलाई लिएर पर्वतको महाशिला गाउँपालिकाका तत्कालीन वडा अध्यक्ष रामबहादुर सुनारले गालीगलौज र धम्की दिएको   घटनाप्रति   नेपाल   पत्रकार   महासंघको ध्यानाकर्षण भएको छ ।

उक्त गाउँपालिका वडा नं. ६ अन्तर्गत वितरण भएको सामाजिक सुरक्षा भत्ताका विषयमा एभिन्यूज टेलिभिजनमा प्रसारण भएको सामग्रीलाई लिएर तत्कालीन वडा अध्यक्ष सुनारले पत्रकार लक्ष्मणकुमार सुनारलाई गालीगलौज र धम्कीसँगै मानसिक तथा सामाजिक रूपमा तनाव दिने काम जारी राखेका पर्वत शाखाले जनाएको छ ।

समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचार खोज्नु पर्नेमा पत्रकारमाथि यसप्रकारले प्रस्तुत हुनु निन्दनीय र प्रेसविरोधी काम हो । महासंघ प्रेसविरोधी यस्ता घटना नियन्त्रणमा गम्भीर भई पत्रकारलाई निर्वाध र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

                                                      रोसन पुरी
                                                      महासचिव

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया