Close sidebar

बाँकेका तीन वटै क्षेत्रमा शान्तिपूर्ण मतदान सकियो, मत पेटिका संकलनको काम जारी

२०८२ फाल्गुन २१ गते, बिहीबार २०:२६

नेपालगन्ज । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँकेमा आज शान्तिपूर्ण रुपले मतदान सकिएको छ । विहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएपछि अहिले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा मत पेटिका संकलनको काम चलिरहेको मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहाल बताउनुभयो ।

मत गणना स्थलका लागि क्षेत्र नम्बर १ को अगैयास्थित राप्ती सोनारी गाउँपालिका कार्यालयको सभाहल, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय नेपालगन्ज र क्षेत्र नम्बर ३ को खजुरास्थित कपास विकास समितिको कार्यालय तोकिएको छ ।

बाँकेमा यसपटक कति प्रतिशत मत खस्यो भन्ने अहिलेसम्म आधिकारिक रुपमा एकिन भएको छैन । मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार सबै ठाउँको मतदानको प्रतिशत जोड्ने काम चलिरहेको छ ।

तीन वटै क्षेत्रको मत पेटिका संकलन भईसकेपछि सर्बदलिय बैठक राखेर आजै रातीदेखी मत गणनाको काम सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् । अहिले तीन वटै क्षेत्रको मत गणना स्थलमा सर्बसाधारणको ठुलो भिड लागेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया