Close sidebar

बाँकेमा ६३ दशमलभ ४६ प्रतिशत मत खस्यो, मतगणना आजै रातीदेखि गर्ने तयारी

२०८२ फाल्गुन २१ गते, बिहीबार २२:१९

नेपालगन्ज । शान्तिपूर्ण रुपम सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बाँकेमा ६३ दशमलभ ४६ प्रतिशत मत खसेको छ । बाँकेको तीन वटै निर्वाचन क्षेत्रमा गरेर कुल २ लाख २२ हजार ३ सय ६६ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले बताउनुभयो ।

प्रमुख शाहीका अनुसार बाँके क्षेत्र नम्बर १ मा ७५ हजार १ सय ९९, क्षेत्र नम्बर २ मा ७२ हजार ६ सय ९ र क्षेत्र नम्बर ३ मा ७४ हजार ५ सय ५८ मत खसेको छ । बाँकेमा कुल ३ लाख ५० हजार ३ सय ७१ जना मतदाता रहेका थिए ।

तीन वटै क्षेत्रको मत पेटिका संकलन कार्य सकिएपछि सर्वदलीय बैठक बसी मतगणनाबारे निर्णय लिइनेछ । मतगणना आजै रातीदेखि गर्ने तयारी रहेकाे छ । अहिले तीन वटै क्षेत्रको मत गणना स्थलमा सर्बसाधारणको ठुलो भिड लागेको छ ।

बाँके क्षेत्र नम्बर १ को अगैयास्थित राप्ती सोनारी गाउँपालिका कार्यालयको सभाहल, क्षेत्र नम्बर २ को नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालय र क्षेत्र नम्बर ३ को खजुरास्थित कपास विकास समितिको कार्यालयलाई मत गणनास्थल तोकिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया