Close sidebar

नेपालगन्ज वडा नम्बर ७ का एक गर्भवती महिला घरेलु हिंसाकाे सिकार

२०८२ पुष २४ गते, बिहीबार १६:४९

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक गर्भवती महिला घरेलु हिंसाकाे सिकार भएकी छन् । नेपालगन्ज वडा नम्बर ७ का ती महिलाका श्रीमान सिराज सिद्दिकी (मून)ले विगत ६ महिनादेखि उहाँँलाई हिंसा गर्दै आएकाे खुलेकाे हो ।

ती २२ वर्षीया किशाेरीलाई सुरूमा ललाइ-फकाइ मायाजालमा पारेर भागिविहे गरेका ती युवकसंगै बस्दा बस्दै आएकी थिइन् । तर किशाेरी गर्भवती भएपछि उनलाई घर छेउकाे एक दिदि पर्ने घरमा २/४ दिनका लागि राखेका थिए ।

मायामा परेपछि उनीहरू दुबैजना घरमासँगै मिलेर बसेका थिए । दुबैजनाले भागी विहेपछि माइती पक्षले ती परिवारका सदस्य समेतलाई कुनै वास्ता थिएन । दुबै जनासँगै बसेकै समय किशाेरी गर्भवती भएपछि मुस्लिम समुदायको गतवर्ष मोहरर्म पर्व मनाउन आफ्नो घर जानुपर्ने कर गर्न थालेपछि किशोरीका श्रीमान सिद्दिकीले एका-एक किशोरी श्रीमतीलाई नाता पर्ने छेउपट्टिकाे दिदिको घरमा लगेर २/४ दिन यहीँ बस्ने भनेर फकाएका थिए ।

परिवारिक श्रोतका अनुसार त्यहाँ बसेकाे केहिदिन बितेपछि फोन सम्पर्क गर्दा अनेक बहाना गर्ने र सिद्दिकिले चाँसाे नराख्ने गरेकाे देखेर ती नाता पर्ने दिदिले घर लैजान आग्रह गरेकी थिइन् । ती आग्रहपछि पनि श्रीमानले घर नलगेपछि किशाेरी बाध्य भएर आफ्नो माईतमा फर्किन । त्यसपछि ती किशाेरी हालसम्म पनि माईतमा नै बस्दै आएकी छिन ।

बच्चा हुने दिन नजिकिए पनि किशोरीका श्रीमानका परिवारले बुहारीलाई घर लैजान कुनै प्रकारकाे चासो देखाएका छैनन । गर्भ अवस्थामा रहेकाे सात/आठ महिना बित्दापनि आफ्नाे बुहारीलाई लिन नआएपछि किशोरीको परिवारले पठाउने हरसम्भव प्रयास गरे । तर अब भने पिडित किशोरीका श्रीमानले आज भाेलि भन्दै आनाकानी गरिरहेकाे उनले सुनाइन् । अगाडि थपिन सासुआमाले अर्कैकाे गर्भ बाेकेकाे भन्दै मानसिक हिंसा गरिरहेकी छिन ।

एकवर्ष बढिदेखि सँगै बसेकाे श्रीमानले अहिले गर्भवती अवस्थामा रहेकी आफ्नी श्रीमतीलाई स्वीकार गरिरहेकाे छैन । जसका कारण पीडित किशोरी  र उसकाे माईतका परिवार मानसिक पीडा सहन बाध्य छ । आर्थिक अवस्थाले कमजाेर उनकाे परिवार यस घट्नाले थप पीडित बनेकाे छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया