Close sidebar

डुडुवा घटना: पुर्वमन्त्री राईलाई बदनाम गर्न खोजेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण

२०८२ पुष २५ गते, शुक्रबार २१:५२

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ मा घटेको घटनालाई लिएर अनावश्यक चरित्रहत्या गर्ने नियतले पुर्वमन्त्री मोहम्मद इश्तियाक राईको नाम जोडेर सामाजिक सञ्जाल तथा पत्रकार सम्मेलन मार्फत बदनाम गर्न खोजेको भन्दै जनता समाजवादी पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

पुर्वमन्त्री मोहम्मद इश्तियाक राईका सचिवालय संयोजक राजेन्द्र विश्वकर्माले आज एक विज्ञप्ती जारी गर्दै अनावश्यक रुपमा पुर्वमन्त्री राईको नाम जोडेर सामाजिक सञ्जाल तथा पत्रकार सम्मेलन मार्फत बदनाम गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको हो ।

शुक्रवार रिपोर्टस क्लब काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलन र विभिन्न सामाजिक संजालमा सम्प्रेषण भएको विषय वस्तुसँग सम्बन्धित भई पार्टीलाई बदनाम गर्न नियतले भ्रामक समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएको छ ।

अत्यन्तै संवेदनशील तथा जघन्य अपराध बलात्कार जस्तो विषयमा अपराध गर्ने जोसुकै भए पनि कानुन अनुसार कारबाही हुनुपर्छ भन्ने मान्यता प्रति हाम्रो स्पष्ट र दृढ अडान रहेको र कानुनी राज्य र संविधानभन्दा माथि कोही पनि नहुने मान्यताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेका विज्ञप्तिमा लेखिएको छ ।

डुडुवा ४ को घटना मात्र नभई पूर्वमन्त्री राईले कुनै पनि विवादित मुद्दामा दबाब दिइने कार्य गर्ने कल्पनासमेत गर्न नसकिने र प्रहरीले कुनै पनि किसिमको हस्तक्षेप बिना स्वतन्त्र, निष्पक्ष र प्रभावकारी रूपमा अनुसन्धान गर्न पाउनुपर्ने हाम्रो स्पष्ट धारणा रहेको विज्ञप्तीमा उल्लेख छ ।

समग्र समाजको भलाई, सुरक्षा तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि भ्रमपूर्ण, अपुष्ट र तथ्यहीन समाचार प्रकाशन प्रशारण नगर्नुका साथै मिडिया मात्र नभई हरेक नागरिकले सूचना सार्वजनिक गर्दा सत्यताको सुनिश्चितता गर्न आवश्यक रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, झूटा तथा भ्रमपूर्ण समाचारहरूले सार्वजनिक जीवनमा शान्ति–सुरक्षामा खलल पुर्याउनुका साथै लोकतान्त्रिक समाजमा जनताको सही निर्णय क्षमतालाई कमजोर बनाउँदै सरकार, मिडिया र संस्थाप्रतिको विश्वास घटाउने र सामाजिक अशान्ति निम्त्याउने जोखिम रहने भएकोले यस्ता निराधार र गलत आरोपहरूको कडा शब्दमा खण्डन गर्दै यसको पछाडि नलाग्न सबै सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा नागरिकहरूमा आग्रह गरिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया