Close sidebar

बार एशाेसिएसन नेपालगन्जका नवनिर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण तथा पदस्थापन

२०८२ पुष ७ गते, सोमबार २१:०६

रिजवान मिर्जा✍️
नेपालगन्ज । उच्च अदालत बार एशाेसिएसन नेपालगन्जमा आज नवनिर्वाचितहरुलाई प्रमाण-पत्र, शपथग्रहण तथा पदस्थापन गराइएको छ । नेपाल बार एशाेसिएसनको ७० औं स्थापना दिवसका अवसरमा सोमबार नवनिर्वाचित अध्यक्ष पवन कुमार गुप्तासहितको टिमलाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका माननीय न्यायाधीश बामदेव ज्ञवाली तथा मुख्य निर्वाचन अधिकृत गणेश प्रसाद रेग्मीले प्रमाण-पत्र प्रदान गरि शपथ ग्रहण गराउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उच्चअदालत तुलसीपुर नेपालगन्जका माननीय न्यायाधीश ज्ञवालीले नवनिर्वाचित अध्यक्षसहितलाई बधाई शुभकामना दिँदै बार र बेञ्चको सम्बन्ध र सहकार्य सुदृढ हुनु पर्ने औल्याउनु भयो । नेपालगन्ज उच्च अदालत एशाेसिएसन बारका अध्यक्ष चित्र बहादुर शाहीकाे अध्यक्षतामा भएको कार्यक्रममा केक काटेर शुभकामना दिइएको थियोे ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गुप्ता, उपाध्यक्ष अधिवक्ता बिजय कुमार शर्मा, सचिव अधिवक्ता कुसुम सुवेदी, काेषाध्यक्ष अधिवक्ता हरिश्चन्द्र सिजापति, सदस्यहरु अधिवक्ता हिरा बहादुर श्रेष्ठ, राम कुमार दिक्षित, समशुद्दिन इद्रिसी, विनाेद कार्की, यशाेदा कुमारी उपाध्याय, राधेशयाम थारु, नरेन्द्र न्याैपाने, महेश कुमार चाैधरी, सुरेशकुमार गाैतमलाई खादा अबिर लगाई शुभकामना सहित प्रमाणपत्र वितरण गरिएको हाे ।

कार्यक्रममा जिल्ला अदालतका माननीय न्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरीका प्रहरी प्रमुख, उच्च तथा जिल्ला सरकारी वकिल कार्यालयका न्याधिवक्ताहरु, मानवअधिकार आयाेगका प्रमुख, पत्रकार महासंघका अध्यक्ष लगायत अधिवक्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया