Close sidebar

लागु औषधको अखडा बन्दै नौवस्ता क्षेत्रीय कारागार ! चौकीदारमाथी कुटपिट, छानबिन टोलि गठन

२०८२ पुष ७ गते, सोमबार १९:२४

नेपालगञ्ज । बाँकेको नौवस्ता क्षेत्रीय कारागार असुरक्षीत बन्दै गएको छ । सुविधा सम्पन्न नौवस्ता कारागार लागुऔषध कारोबार, प्रयोग र जुवातासको अखडाका रुपमा रुपान्तरण हुँदैछ । लागू औषध विरुद्ध लागेका त्यहीभित्रकै कैदी कुटपिट हुनुले चिन्ता र शंका व्यक्त गरिदिएको छ ।

गत शुक्रबार राती चौकीदार रामबरण गुप्तामाथि एक समुहले आक्रमण गर्यो । नाइके दिपक केसी नेतृत्वको समूहले गुप्तामाथि आक्रमण गरेको बताइएको छ । गुप्तासहित केही कैदी घाइते भएका छन् । केसी स्वयंले लागु औषध भित्रयाउने, कारोबार गर्ने काम गरिरहेको श्रोतको दावी छ ।

कागजमा गुप्तालाई चौकीदार तोकिएपनि चौकीदारको भूमिका सबै केसीलाई दिइएको बताइन्छ । कारागार प्रमुख जालन्धर भुषालले आफु अनुुकुल नभएपपछी एक अर्कामा आरोप लाइदिने गरेको बताउनुभयो । सामान्य झडप भए पनि चिन्ता गरि हाल्नु पर्ने अवस्था नरहेको पनि उनले दाबी गर्नुभयो ।

यसैबिच सो घटनाको छानबिन गर्न सोमबार सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री नेतृत्वको टोली गठन गरिएको छ । टोलीले सोमबार सरोकारवालासँग भेटेर थप अध्यन गरिरहेको छ । धर्मपत्नी गुप्तासहितका आफन्तले आईतबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङलाई भेटेर घटनाप्रति गम्भिर ध्यानाकर्षण गराएका थिए ।

गुप्तालाई उपेक्षा गरेर केसीलाई भुमिका दिइएपछि यो अवस्था आएको अनुमान् गरिएको छ । केसीलाई अन्यत्र सरुवा गरि सुरक्षीत बातावरण सिर्जना गरिदिन धर्म पत्नी गुप्ताले माग गरेकी छिन् ।

ब्राउन सुगर, गाँजा, दारु जस्ता लागुऔषध कारागारसम्म सजिलै पुग्ने गरेको छ । कारागारमा लागुऔषधको कारोबार र प्रयोगले अनेकन जोखिम निम्तयाएको छ । लागु औषध प्रयोगकर्ता बाहेकका कैदीहरू असुरक्षित र डर त्रासमा छन् । कारागारमा हाल ६ सय ३५ कैदी रहेका छन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया