Close sidebar

कल्पतरु होटेलले मनायो १० औं बार्षिकोत्सव

२०८२ मंसिर १ गते, सोमबार ०१:३३

नेपालगञ्ज । कल्पतरु होटेलले आज विभिन्न कार्यक्रम गरि १०औं बार्षिकोत्सब समारोह मनाएको छ । होटेलले आफ्नो १०औं वार्षिकोत्सबको अवसरमा  स्थानीय सडक, सार्वजनिक क्षेत्र र होटल वरपरको वातावरण सफा राख्ने उद्देश्यले आइतबार बिहानै बृहत सरसफाइ कार्यक्रमको आयोजना गरेको हो ।होटेल कल्पतरु प्रा.लि.का अध्यक्ष दिपु बैश्यको अध्यक्षता तथा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीको प्रमुख आतिथिमा बार्षिकोत्सब समारोह मनाएका हुन ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, प्रमुख अतिअय्हि नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्षद्वय कृष्ण प्रसाद श्रेष्ठ र नन्दलाल बैश्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नाट्टा बाँकेका अध्यक्ष डिल्ली रेग्मी, निवर्तमान अध्यक्ष श्रीराम सिग्देल, उपभोक्ता अधिकारकर्मी बसन्त गौतम लगायतले शुभकामना ब्यहक्त गरेका थिए ।शुभकामना दिँदै अतिथिहरुले होटेलले आफ्नो पहिचान स्थापित गर्न सफल भएको जानकारी दिए । उनीहरुले आगामी दिनमा सेवाको गुणस्तर बृद्धि गर्दै यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा योगदान गर्न सुझाव दिए ।

कल्पतरु होटेलको सुरुवातदेखि नै टिमको नेतृत्व गर्दै आएका होटेलका अध्यक्ष दिपु वैश्यले आगामी योजना बारे जानकारी दिँदै भविष्यमा कर्णाली प्रदेश र सुदूरपश्चिमका धनगढीमा समेत होटलको शाखा विस्तार गर्ने जानकारी दिए । उनका अनुसार गुणस्तरीय सेवा, पर्यटन प्रवद्र्धन र स्थानीय रोजगारीलाई प्राथमिकतामा राख्दै होटल अगाडि बढ्ने बताए ।दशौँ वर्ष पूरा गरी अब एघारौँ वर्षमा प्रवेश गरेको अवसरमा कल्पतरु होटल परिवारले सबै साझेदार, ग्राहक, कर्मचारी तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै निरन्तर सेवा र जिम्मेवार व्यवसायिकताका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

होटलकी मानव संशाधन विभाग प्रमुख शिवानी गुप्ताले आगामी योजनाका बारेमा जानकारी गराएकी थिइन् । बार्षिकोत्सबको अवसरमा कल्पतरु परिवारले सडक सरसफाई पनि गरेको पन्थीले जानकारी दिए ।कल्पतरु चार तारे होटेल हो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया