नेपालगञ्ज । इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोग गर्न इस्लामी संघ नेपालले कार्तिक २४ गतेदेखि “६ दिने देशब्यापी जागरण अभियान” सञ्चालन गर्दै आज मदरसाका विद्यार्थीबिच जागरण अभियान कार्यक्रम गरेको छ ।
संघले मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोग गर्न सिर्जनात्मक तथा शैक्षिक, नैतिक उद्देश्यका लागि मात्र प्रयोग गर्न आयसा मदरसातुल बनात बालिका माध्यमिक विद्यालय नेपालगन्जमा समुदायलाई वर्गलाई अपिल गरेको हो ।
इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश (पश्चिम)का सदस्य मौलाना मोइद काश्मिको प्रमुख अतिथीमा आयसा मदरसातुल बनात बालिका माध्यमिक विद्यालयमा मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सिर्जनात्मक प्रयोग गर्न जागरण अभियान गरेका हुन ।
कार्यक्रममा बोलदै संघका लुम्बिनी प्रदेश (पश्चिम)का सदस्य काश्मिले मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न समुदायमा सबैलाई अपिल गर्दै मोबाइल ज्ञान, सीपको सशक्त माध्यम भएपनि अनुचित प्रयोगले भ्रम सिर्जना, आपसी भातृत्वमा कमी र नैतिक पतनको मार्गमा समाज अघि बढीरहेकोे बताए ।
इस्लामी संघ नेपालका लुम्बिनी प्रदेश (पश्चिम)का सदस्य एवं विव्यस. का सचिव असलम हलवाईले डिजिटल युग भएको तथा मोबाइल फोन र समाजिक सञ्जालका उपयोगिता र फाइदा भएपनि यसको सही प्रयोग नगरिदिदा समाजलाई हानी हुने गरेको यथार्थता प्रस्तुत गर्नुभयो ।
आयसा मदरसातुल बनात बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कश्फुद्दुजा खानको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक जिनत हलवाईले सञ्चालन गरेको कार्यक्रममा इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश (पश्चिम)का सदस्य एवं विव्यस.का कोषाध्यक्ष मो. आलमीन राई, कम्प्युटर शिक्षक शकील अहमद राई, मदरसाका शिक्षक एवं आन्तरिक इन्चार्ज शबा ईद्रीसी, शिक्षक, कर्मचारी र विद्यार्थीलगायतको उपस्थिति थियो ।



