Close sidebar

इस्लामी संघको देशव्यापी जागरण अभियान सुरु, सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न सबै वर्गलाई अपिल

२०८२ कार्तिक २५ गते, सोमबार २१:४५

नेपालगन्ज । इस्लामी संघ नेपालले आजदेखि ६ दिने देशव्यापी जागरण अभियान सुरु गरेको छ । सङ्घले कात्तिक २४ गतेदेखि २९ गतेसम्म अभियानको शुभारम्भ गर्दै मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न सकारात्मक र निर्माणात्मक सोचलाई विकास गर्न समाजका सबै बर्गलाई अपिल समेत गरेको हो ।आज इस्लामी संघ नेपालको नेपालगन्जको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको कार्यतालिका सार्वजनिक गरेका हुन । सम्मेलनमा नेपालगञ्जको जैसपुरबाट अभियान शुभारम्भ गर्दै विद्यालय, मदरसालाई केन्द्रित गरी अभियान चलाइने संघका सचिव बद्रे आलम खानले जानकारी दिनुभयो ।सम्मेलनमा अहिलेको युग वैज्ञानिक प्रगति र डिजिटल क्रान्तिको युग भएको तथा मोबाइल फोन र सामाजिक सञ्जाल निःसन्देह ठूलो बरदान भए पनि यसको सही प्रयोग आवश्यक रहेको बताउँदै इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश (पश्चिम)का अध्यक्ष उबेदुर रहमान खानले अनुचित प्रयोगले समाजलाई हानी गर्ने उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले सङ्घले निकै सान्दर्भिक र सामयिक अभियान थालेको भन्दै यसमा मिडियाको साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।संघले कात्तिक २७ गते बिहान ७ बजे नेपालगञ्जमा “सदुपयोगका लागि र्‍यालीको आयोजना गरिने भएको छ । सम्मेलनमा कात्तिक २९ गते नेपालगञ्जस्थित आइडियल पब्लिक हाई स्कूलमा समिक्षा गोष्ठी आयोजना गरि औपचारिक कार्यक्रम बिच समापन गरिने जानकारी दिनुभयो । आगामी दिनमा यस्ता जनचेतनामूलक कार्यक्रम देशका अन्य प्रदेशमा विस्तार गर्ने योजना अघि सारेको जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइ र बाँके शाखाका अध्यक्ष नवीन गिरी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष पृयास्मृती ढकाल, इस्लामी संघ नेपाल लुम्बिनी प्रदेशका सदस्य मो. आलमीन राई, संघका पदाधिकारी लगायत सञ्चारकर्मीको उपस्थिति थियो।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया