नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित चौलिका नजिकै ट्याङ्करको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । आइतबार बेलुकी करीब साढे ५ बजे इन्धन बोकेको ट्याङ्करले साइकल यात्रीलाई ठक्कर दिंदा एक किशोरको मृत्यु भएको हो ।
जमुनाहा नाकाबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ५ ख ६५९ नम्बरको ट्याङ्करले विपरित दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई ठक्कर दिँदा अन्दाजी १४ वर्षीय तरकारी बेच्न हिँडिरहेका एक युवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हालसम्म मृतकको नाम र ठेगाना खुल्न सकेको छैन । घटनापछि ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए ।


