Close sidebar

काँग्रेसका वरिष्ठ नेता पूर्वमन्त्री आलमको निधन, अन्तिम संस्कार आजै

२०८२ कार्तिक २३ गते, शनिबार १५:३७

नेपालगन्ज । नेपाली काँग्रेसका वरिष्ठ नेता सभासद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधन भएको छ । काठमाडौंको सिनामंगलस्थित मेडिकल कलेजमा उपचारका क्रममा आज विहान करीब साढे ३ बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।

विगत लामो समयदेखि उहाँ अस्वस्थ हुनुहुन्थ्यो । सुगर, उच्च रक्तचापलगायत स्वास्थ्यमा समस्या देखिएपछि आलम अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था थप खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो ।

मृतक आलमको शव केही समयअघि काठमाडौंबाट एम्बुलेन्समार्फत गृह जिल्ला रौतहटको राजपुर ल्याइएको छ । उनको अन्तिम संस्कार (मिट्टी) आजै अपराह्न करीब साढे ४ बजेतिर धार्मिक परम्परा अनुसार बाद नमाज-ए असर गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ती मिलोस् भनि गहिरो समवेदना प्रकट गर्दै न्युज फ्ल्यास खबर डटकम परिवार ईश्वरसंग प्रार्थना गर्दछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया