Close sidebar

पत्रकार महासंघद्वारा जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आह्वान

२०८२ कार्तिक १९ गते, मंगलवार ०२:३३

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकारहरूलाई नैतिक, जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आह्वान गरेको छ । महासंघले मनोमानी र अभद्र गतिविधिहरू प्रति गम्भीर चिन्ता व्यक्त गर्दै नैतिक, जिम्मेवार र मर्यादित पत्रकारिता गर्न बाँकेका पत्रकारहरूलाई सचेत गराएको हो ।

कात्तिक १६ गते आइतबार नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार पछिल्लो समय पत्रकारिताको सिद्धान्त विपरीत भइरहेका मनोमानी र अभद्र गतिविधिहरू प्रति गम्भीर चिन्ता व्यक्त गर्दै मर्यादित पत्रकारिता गर्न सचेत गराएका हुन ।नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्णा ओलीले सोमबार एक सूचना जारी गरेर पछिल्लो समय पत्रकारिताको सिद्धान्त विपरीत भइरहेका मनोमानी र अभद्र गतिविधिहरू प्रति गम्भीर चिन्ता व्यक्त गर्दै मर्यादित पत्रकारिता गर्न सचेत गराइएकको छ ।

महासंघले पत्रकारिता आचारहिताको उल्लङ्घन हुने गरी भइरहेका कार्यहरू रोक्न क्रियाशील पत्रकार तथा सबै सदस्यहरूलाई सचेत गराउँदै सामाजिक सञ्जालको विवेकपूर्ण प्रयोग गर्न समेत सबै पत्रकारलाई आह्वान गरेको सूचनामा उल्लेख छ ।

कात्तिक १६ गते महासंघ बाँके शाखाको एभरेष्ट बैंक नेपालगञ्ज शाखामा रहेको मौज्दात रकम दुई वर्षका लागि मुद्दती निक्षेपमा राख्ने निर्णय गरेको सुचना मार्फत जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया