Close sidebar

जोगागाउँ र गुरुवागाँउमा कार्तिक पुर्णिमा मेला शुरु

२०८२ कार्तिक २० गते, बुधबार १५:१९

मो. ताहिर शेष राई (साहिल)

नेपालगञ्ज । बाँकेको चार स्थानमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा अर्थात नहान मेला शुरु भएको छ । जानकी गाउँपालिकाको दुई स्थान जोगागाउँ र गुरुवागाँउ तथा डुडुवा गाउँपालिकाको राप्तीनदीस्थित सिधिनियाघाट र राप्तीसोनारी गाउँपालिकाको टिकुलीपुर लगायत स्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको अवसरमा लाग्दै आएको मेला बुधबारदेखि शुरू भएको हो ।जानकी गाउँपालिका वडा नं. २ जोगागाउँस्थित राम जानकी मन्दिर सगराकुट्टी क्षेत्र र बेलहरीस्थित शिव मन्दिर तथा नागा बाबाकुट्टीमा बर्षौदेखि तीन दिनसम्म लाग्दै आएको परमपरागत ऐतिहासिक कार्तिक पूर्णिमा मेला अर्थात नहान मेलाको उद्धाटन लुम्बिनी प्रदेश सदस्य बादशाह कुर्मीको प्रमुख अतिथि तथा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको विशिष्ट अतिथिमा संयुक्त रूपमा रिबन काटेर मेलाको उद्घाटन गरेका हुन ।

जानकी गाउँपालिकाले कार्तिक १९ देखि २१ गतेसम्म सञ्चालित मेला व्यवस्थापन एवं भण्डाराका लागि जोगागाउँ र गुरुवागाउँलाई दुई/ दुई लाख रुपैया सहयोग स्वरुप दिएको गाउँपालिका अध्यक्ष खाँले बताउनुभयो । पुराना मेलाका रूपमा चिनिएका यी मेलामा बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपईडिहा, बाबागञ्ज, नानपारा, श्रावस्ती, खिरी लखिमपुर लगायतबाट मानिस आउने गर्छन । मेलामा राति साँस्कृतिक कार्यक्रम समेत हुने गर्दछ । धार्मिक तथा साँस्कृतिकका रुपमा विशेष महत्त्व रहेको यो ऐतिहासिक मेलाको संरक्षणका लागि आफूहरूले आवश्यक सहयोग गर्दै आएको वडा २ का वडाअध्यक्ष चन्द्रीका प्रसाद गुप्ताले जानकारी दिए ।कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृत परशुराम उपाध्याय, वडा नम्बर १ का वडाअध्यक्ष मोहम्मद युनुस (रजा) राई, सामाजिक विकास समितीका संयोजक राम अचल धोबी, वडा नम्बर २ का सचिव कविता रेग्मी, २ नम्बरका वडा सदस्य अमर बहादुर थापा मगर, श्री मावि. जोगागाउँ विव्यसका अध्यक्ष एवं मेला मूल समितिका उपाध्यक्ष रज्जब अली हल्वाई, मेला मूल समितिका पदाधिकारीहरु, मेला मूल समितिका प्रेस सल्लाहकार सकील अहमद राई, प्रहरी चौकी बेलभारका इन्चार्ज फत्ते सिंह चौधरी, प्रहरी चौकी साईगाउँका भोज राज केसी, नागरिक समाजका अगुवाहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।मेला मूल समिताका अध्यक्ष लवकुश वर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य वडा नम्बर २ का इन्जिनियर कुल बहादुर थापाले राखेका थिए । कार्यक्रमको सञ्चालन समाजसेवी लाल बहादुर पुनले गरेका थिए । यसैबीच कार्तिक शुक्ल पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्ने भक्तजनहरुको आज विहानैदेखि भिड लागेको छ । नदीमा स्नान गर्न बाँके लगायत विभिन्न स्थानबाट भक्तजनहरु आउने गर्दछन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया