नेपालगन्ज । एक बोरा गाेलीका खाेका सहित दुई जना समातिएका छन । नेपालगन्ज वडा नम्बर ३ स्थित गत राति बिद्युत पाेलकाे बत्ती फाेड्न लाग्दा स्थानीयले उनीहरुलाई समातिएका हुन । अन्य दुई जना फरार छन ।
स्थानीयका अनुसार घटनास्थलबाट बरामद गरिएको गोलीको बाहिरी खोल (कार्टेज केस) र पक्राउ गरिएको दुबै जनालाई नेपालगन्जस्थित वडा प्रहरी कार्यालयलाई बुझाएको छ । प्रहरीले उनीहरुमाथि अनुसन्धान गर्दैछ ।
घटनास्थलबाट बरामद गरिएको गोलीको बाहिरी खोल गन्दा परिणाम दुई हजार ९६ थान, आरी ब्लेट २ थान र पिलास एक थान रहेको नेपालगन्ज – ३ का वडाध्यक्ष अय्युब सिद्दीकीले आफ्नो फेसबुक पेज मार्फत जानकारी दिए ।
वडाध्यक्ष सिद्दीकीले घटनास्थल क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । स्थानीय बासिन्दाहरुलाई सजग रहन र कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल वडाध्यक्ष र जनप्रतिनिधिहरूलाई अथवा प्रहरीलाई खबर गर्न अनुरोध गरेका छन ।
नेपालगन्ज – ३ मा चाेरहरुले एक दिनअघि नै पर्चा टासेर ३० जनाको समूहमा आएर सबैभन्दा पहिले बिद्युत पाेलकाे बत्ती फोडेर अध्यारोमा चाेरी गर्ने भनेर चेतावनी समेत दिएका थिए । यसैबीच बाँकेको नरैनापुर गाउँपालिकामा चोरीमा संलग्न ४ जना भारतीयलाई स्थानीयले समातेर प्रहरीमा बुझाएका छन् ।


