Close sidebar

सुरक्षाकर्मीको गोली प्रहारबाट नेपालगन्ज कारागारका एक कैदी बन्दी घाइते

२०८२ भाद्र २६ गते, बिहीबार १८:३०

नेपालगन्ज । देशभरका कैदी बन्दीजस्तै आफूहरु पनि भाग्न पाउनु पर्ने भन्दै नेपालगन्ज कारागारका कैदी बन्दीहरु कारागारभित्र आगजनी गरी भाग्न खोज्दा सुरक्षाकर्मीले प्रहार गरेको गोली प्रहारबाट एक जना कैदी बन्दी घाइते भएका छन ।घोडाघोडी – २, कैलालीका २४ वर्षीय उपेन्द्र बमको खुट्टामा गोली लागेर उनी घाइते भएका हुन । घाइते बमलाई उपचारका लागि एम्बुलेन्स मार्फत् नेपालगन्जस्थित भेरी अस्पताल पुर्याइएको छ ।

विहीबार अपरान्ह करीब ४ बजेतिर कारागारको भित्रिगेटमा भेला भएका कैदी बन्दीहरु निकै बेरसम्म नाराबाजी गर्दै आगजनी र तोडफोड गरेका थिए । सुरक्षामा खटिएको नेपाली सेनाले धेरै बेरसम्म सम्झाई बुझाई गर्दा पनि उनीहरूले उल्टै सेनामाथि आक्रमण गर्ने प्रयास गरेपछि सेनाले गोली प्रहार गरेको थियो ।कैदीबन्दीले आगजनी गरेपछि त्यहाँ आएको दमकलले आगो नियन्त्रणमा लिएको छ । कारागारमा अहिले सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरेर धेरै ठुलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ छन । उनीहरुले कारागारलाई चारैतिरबाट घेरेर अवस्था नियन्त्रणमा आए पनि तनावग्रस्त रहेको सुरक्षाकर्मीहरुले जनाएका छन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया