Close sidebar

सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने पक्का

२०८२ भाद्र २७ गते, शुक्रबार ०२:०७

काठमाडौँ । पुर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने पक्का भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो ।

आवश्यकताको सिद्धान्त अनुसार कार्कीलाई प्रधानमन्त्री बनाइने बैठकमा सहभागी स्रोतले जानकारी दिएका हुन । उनका अनुसार अन्यथा नभए भोलि विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइने बताइएको छ ।

उक्त निर्णयमा पुग्न राष्ट्रपति पौडेलले प्रधान सेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेन-जी प्रतिनिधि, संवैधानिक कानुनविद् र राजनीतिक दलका नेताहरूसँग बृहत् छलफल गरेका थिए । सोही छलफलमा पूर्व-प्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको स्रोतको भनाइ छ ।

यसअघि नै जेनजी प्रतिनिधिहरूको प्रस्ताव काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’को समर्थनमा कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सुम्पिन लबिङ गर्दै आएका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया