काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिएका हुन ।
यसअघि नेपाली कांँग्रेसको बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा ‘जेन जेड’ आन्दोलनमा भएको ठूलो मानवीय क्षतिको विषयमा गम्भीर छलफल भएको थियो । बैठकमा नेताहरूले सुरक्षाकर्मीबाट गरिएको अत्यधिक बल प्रयोगले जनधनको क्षति भएको भन्दै यसको राजनीतिक तथा नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने धारणा राखेका थिए ।
भादौं २३ काठमाडौंसहित देशभर सोमबार भएको जेन जेडको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म २० जनाको मृत्यु भएको छ । जेन जेड पुस्ताको प्रदर्शनमा कम्तीमा २० जनाले ज्यान गुमाएपछि पार्टी बाहिरमात्र नभई पार्टी भित्रैबाट पनि गृहमन्त्री लेखकमाथि राजीनामाको चर्को दबाब आएपछि उनि पद त्याग गर्न तयार भएका थिए ।

