Close sidebar

मानव अधिकारकर्मी र सन्चारकर्मीहरु एकजुट हुने कुरामा जोड

२०८२ श्रावण १५ गते, बुधबार २२:२७

मो. अरशद शेष राई✍️
नेपालगन्ज । मानव अधिकार र संचार विषयक अन्तरक्रिया कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बाँके र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको संयुक्त आयोजनामा बुधबार मानव अधिकार र संचार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा इन्सेकले सन् २०२५ को ६ महिनामा लुम्बिनी प्रदेशमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सम्बन्धि अभिलेख अनुसार अन्यपक्षबाट महिला तथा बाल अधिकार हननसँग सम्बन्धित घटना बढी भएको पाइएको छ ।

सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा राज्यपक्षबाट ५ जना पुरुष पीडित भएको र गैरराज्यबाट १ हजार २ सय ४२ जना पीडित भएको र यस अवधिमा १ सय ३ जना बालिकामाथि बलात्कार र दुई जना नाबालकको हत्या भएको अभिलेख रहेको इन्सेक लुम्बिनी प्रदेशका प्रमुख भाेला महतले जनाए ।

इन्सेकको अभिलेख अनुसार महिलामाथि हुने घरेलु हिंसाका घटनामा ९ सय ५३ जना महिला पीडित भएको जनाइएको छ । प्रहरीमा दर्ता भएका घरेलु हिंसाका घटना अझ बढी हुनसक्छ । यो अवधिमा ४८ जना महिलामाथि बलात्कार भएको अभिलेख छ ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चाैलागाईले सन्चार र मानव अधिकार एक आपसका परिपुरक भएकाे जिकिर गर्दै एक अर्काको स्वतन्त्रतालाई जिवन्त राख्नु पर्नेमा जोड दिनुभयो । यस्तै नागरिक समाजका अगुवा कृष्ण श्रेष्ठले बाँके जिल्ला अति सम्वेदनशिल रहेको बताउँदै सबै एकजुट भइ अधिकार रक्षा र विकासकाे गाेरेटाेमा हातेमालो जरुरी रहेको बताए ।

पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गैतमले नेपाली समाजलाई अधिकार धेरै सिकाईयो तर कर्तव्यका बारेमा नसिकाइएकोले अब हरेक ब्याक्ती समाजको प्रति उत्तरदायित्व बन्नु पर्ने बताए । त्यस्तै मानव अधिकारवादी प्रभात सिंह ठकुरीले मानव अधिकारको प्रबर्द्धनमा सामुहिक प्रयासको आवस्यकतामा जोड दिए ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षता र पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा अधिकारकर्मी बसन्त गैतम, वीर बहादुर वली, केशव काईराला, पत्रकार नरेन्द्र जग पिटर, विरेन्द्र जैसी, मो. आरिफ अन्सारी लगायतका वक्ताहरूले मानव अधिकारकर्मी र सन्चारकर्मीहरू एकजुट हुने कुरामा जोड दिएका थिए ।

पत्रकार महासंघ बाँकेका सचिव कृष्ण वलीले सन्चालन गरेको कार्यक्रमको कार्यक्रममा अधिकारकर्मी र संचारकर्मी गरि करीब ५० जना बढीको उपस्थिति रहेकोे थियोे ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया