Close sidebar

युनियन बाँकेले तीज मिलन तथा लेखनवृत्ति प्रतियोगिता गर्ने

२०८२ श्रावण १८ गते, शनिबार २०:५०

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले यस वर्ष पनि तीज विशेषलगायतका कार्यक्रम गर्ने निर्णय गरेकाे छ । प्रेस युनियन बाँके शाखाका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा शनिबार बसेको बैठकले तीज विशेषलगायतका कार्यक्रम गर्ने निर्णयहरु गरेको हाे ।

शाखाले बैठकबाट गरेकाे दुई वटा निर्णय अन्तर्गत विभिन्न कार्यक्रम आयाेजना गरिने निर्णय भएकाे अध्यक्ष ढकालले जानकारी दिनुभयाे । जस अन्तर्गत शाखाले यस वर्ष हरितालिका तीज पर्वको अवसरमा ‘तीज मिलन तथा लेखनवृत्ति’ प्रतियोगिता गर्ने भएकाे छ । उक्त कार्यक्रम भाद्र ६ गते शुक्रबार गर्ने तय गरेकाे छ ।

साे कार्यक्रमलाई भव्य बनाउनका लागि शाखाका उपाध्यक्ष निशा शाहको संयोजकत्वमा ६ सदस्यीय समिति गठनसमेत गरेकाे छ । संयाेजक शाहसंगै समिति सदस्यहरूमा लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मला चौधरी, आरती कटेल र सुविता थारु रहनुभएकाे छ ।

यस्तै लेखनवृत्ति प्रतियोगिता तथा तीज विशेषांङ्क युनियन बुलेटिनका लागि सचिव लोधको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेकाे छ । समिति सदस्यहरूमा खडक खत्री, शुकराम चिडिमार, अभिषेक गुप्ता र प्रेम सिंह एस के रहनु भएकाे छ ।

शाखाले तीजको मौलिकता र तीज सम्बन्धि महिला पत्रकारहरुद्वारा लेखिएका उत्कृष्ट लेख तथा फिचर स्टोरीलाई पुरष्कृत गर्नेछ । त्यसका लागि सहभागी हुनेहरूले प्रतियोगिहरुले यही साउन महिनाको ३० गतेसम्मभित्र युनियनको इमेल ठेगाना npu.banke@gmail.com मा आफ्ना लेख तथा फिचर पठाइसक्नु पर्ने निर्णय गरिएको सचिव लाेधले बताउनुभयाे ।

त्यस्तै युनियनका अग्रज निरज कुमार गाैतमकाे संयाेजकत्वमा ३ सदस्यीय समिति पनि बनाईएकाे छ । उक्त समितिमा कमल खत्री र किरण आचार्य रहनु भएकाे छ । दाेस्राे निर्णय अन्तर्गत युनियन केन्द्रकाे निर्णयअनुसार ´सय दिने सदस्यता विशेष अभियान` जिल्लाले पनि प्रारम्भ गरेकाे छ । यस अभियान अवधिमा नयाँ साधारण सदस्यका लागि सदस्यता खुल्ला गरिएको छ भने नवीकरणका लागि सबै सदस्यहरुलाई आग्रह गरिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया