काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन गरेको छ । शुक्रबार साँझ बोर्डले एसईईको नतिजा प्रकाशन गरेको हो ।
यसपटक एसईई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको बोर्डले जनाएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
यसरी हेर्नुहाेस् नतिजा


