Close sidebar

जानकीमा आँपको बिरुवा नि:शुल्क वितरण शुरु

२०८२ असार ११ गते, बुधबार २३:०७

मानपुर । बिरुवा लगाऔं, वातावरण जोगाऔं मुल नारासहित फलफूलको बिरुवा आजदेखि वितरण शुरु गरेको छ । बाँकेको जानकी गाउँपालिकाको आयोजनामा  फलफूलका विरुवाहरु बुधबारदेखि नि:शुल्क वितरण शुरु गरेको हो ।वडा नम्बर-३, मानपुरस्थित गाउँपालिका परिसरमा गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा आँपको बिरुवा दिएर शुरुआत गरेका हुन ।

गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५ सय आँपको बिरुवा लक्ष्य रहेको वितरण कार्य सुरु गरेको पालिका अध्यक्ष खाँले जानकारी दिए । पालिकाबाट लगिएको बिरुवा वृक्षारोपण गरी हुर्काइएको वा नहुर्काइएकोबारे अनुगमन गरिनेसमेत उनले बताए ।आजदेखी शुरु भएको बिरुवा वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नर बहादुर बिक, सामाजिक विकास समितिका संयोजक रामअचल धोबी, विपद तथा वातावरण व्यवस्थापन समितीका अधिकृत राजेन्द्र बाजपेयी, मिलापका फिल्ड अधिकृत राजेन्द्र श्रेष्ठ, समाजसेवी, शिक्षक, कर्मचारीलगायत्को उपस्थिति थियो ।

 

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया