Close sidebar

लक्कड शाह सहित बहराईचका चार दरगाह बाबाको मजारमा बुलडोजर चलायो, ​​प्रशासन सतर्क

२०८२ जेष्ठ २७ गते, सोमबार १८:२२

नेपालगन्ज । छिमेकी देश भारतको उत्तर प्रदेश बहराईच जिल्लाको कतरनियाघाट वन्यजन्तु डिभिजनको मूर्तिहा रेन्जमा वन विभागले ठूलो कारबाही गरेको छ । आइतबार अबेर राति प्रशासन टोलीले जङ्गल भित्र बनेका चार वटा दरगाह मुस्लिम धार्मिक बाबाको मजार अर्थात चिहानलाई अवैध अतिक्रमण भन्दै बुलडोजरले भत्काएको हो ।

आधा दर्जनभन्दा बढी बुलडोजरको सहयोगमा लक्कड शाह, चमन शाह, भंवर शाह र शहनशाह नामक मजार हटाइएको छ । ‘बडी दरगाह’ भनेर चिनिने लक्कड शाह बाबाको मजार जुन मूर्तिहा रेन्जको घुम्ना वन क्षेत्रमा अवस्थित थियो । लक्कड शाह बाबाको मजार करीब ७०० बर्ष र बाकी बाबाको मजार एक सय बर्ष पुरानो रहेको बताइएको छ ।

वन विभागका अधिकारीहरुका भन्छन् कि यी सबै मजार वन जग्गामा अवैध अतिक्रमण गरेर बनाइएका थिए । वन विभागले यो अभियान गोप्य तरिकाले सञ्चालन गरेको थियो । कारबाहीको क्रममा कुनै पनि बाहिरी व्यक्तिको प्रवेश निषेध गरिएको थियो ।

विभागका अनुसार यो कदम लामो समयदेखि चलिरहेको अतिक्रमण हटाउने अभियानको एक हिस्सा थियो । यद्यपि, यो कारबाहीले स्थानीय मुस्लिम समुदायमा आक्रोश निम्त्याएको छ । मुस्लिम समुदायका मानिसहरू भन्छन् कि यी चिहानहरू वर्षौंदेखि आस्थाको केन्द्र हुन् । कुनै पूर्व सूचना वा कानुनी प्रक्रिया बिना भत्काउनु धार्मिक भावनामा चोट पुर्‍याउनु जस्तै हो ।

शान्ति कायम राख्न प्रशासनको सतर्कता:

चार धार्मिक स्थलहरूमा एकैसाथ बुलडोजर चलाइएपछि यो विषय संवेदनशील बन्दै गएको छ । स्थानीय प्रशासनले क्षेत्रमा थप प्रहरी बल तैनाथ गरेको छ । स्थितिलाई नजिकबाट निगरानी गरिँदैछ । साथै, धेरै सामाजिक संस्था र स्थानीय प्रतिनिधिहरूले कारबाहीमाथि प्रश्न उठाउँदै निष्पक्ष अनुसन्धान र क्षतिपूर्तिको माग गरेका छन् ।

राजनीतिक तथा धार्मिक स्तरमा चर्को बहस:

यो कारबाहीपछि धेरै राजनीतिक तथा धार्मिक संस्थाहरूले यसलाई असंवेदनशील र एकतर्फी भनेका छन् । साथै, वन विभागले सरकारी आदेशहरू मात्र पालना गरिरहेको र वन क्षेत्रमा कुनै पनि प्रकारको निर्माण अवैध भएको बताएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया